काठमाडौं : नेपाली समाजमा गधा शब्द राम्रो मानिदैन । हुन त यो जनावरको नाम हो । निकै दु:ख खेप्न सक्ने सोझो प्राणी गधाले जति श्रम गर्छ उती उसमाथि अपमान पनि गरिन्छ । कुनै मानिसको चरित्र खराब छ , भने उसलाई गधाजस्तो भनेर आलोचना गरिन्छ, नेपाली समाजमा ।

कुनै मानिसले निकै दु:ख गरेर निरन्तर काम गरिरहेको छ भने, पनि उसलाई गधाकै उपमा दिने गरिन्छ । मालसमान बोकाएर ढुवानीका रुपमा गधालाई परापूर्वकाल देखि प्रयोग गर्दै आइएको छ । तर पछिल्लो आधुनिक समयमा सवारी साधनको विकाससंगै गधाको यो प्रयोगमा पनि कमी आउँदैगएको छ । तथापी नेपालका हिमाली क्षेत्रमा आज पनि गधालाई समान ढुवानीमा प्रयो गरिन्छ । 

ad

गधा-गधीको अब अर्को महत्वपूर्ण काममा प्रयोग हुने भएको छ । भारतीय कृषि अनुसंधान परिषद हरियाणा स्थित  राष्ट्रिय पशु अनुसन्धान केद्रले  गधीको दूध डेरी  स्थापित गर्ने भएको छ । गधीको दूध अत्यन्तै गुणकारी भएका कारण केन्द्रले  हलारी नस्लका गधीको दूध डेरी संचालन गर्ने भएको हो ।  अहिले गधीको दूध प्रति लिटर ७,००० रुपैँयामा विक्रि हुने गरेको छ । 

केन्द्रको गधा- गधी पालन र दूध संकलनका बारेमा भारतीय सञ्चारले निकै महत्वका साथ खबर सम्प्रेषण गरेका छन् । गधीको दूधको माग र मूल्यका कारण अब गधा पालन फस्टाउने देखिन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै