नेपाली कांग्रेस गण्डकी प्रदेशकी सदस्य शोभा अधिकारी महिला समानता र अधिकारका बारेमा पार्टीभित्र सशक्तरुपमा आवाज उठाउने नेत्रीमा पर्नुहुन्छ । नेपाल विद्यार्थी संघको लामो राजनीतिक यात्रातय गरेर पार्टी राजनीतिमा सक्रिय अधिकारी पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आफूलाई सफल राजनीतिज्ञका रुपमा परिचित बनाउनु भएकी उहाँले लामोसमय देखी प्राध्यापन गर्दै आउनुभएको छ । उहाँ पार्टीमा प्राज्ञिक नेत्रीका रुपमा परिचित हुनुहुन्छ । प्रस्तुत छ, नेपाली समाजमा महिलाको अवश्थाका बारेमा नेत्री अधिकारीसंग खुलामञ्चका लागि मुना बोहोराले गरेको कुराकानी :
नेपाली समाजमा महिलाको अवश्था कस्तो देख्नु हुन्छ ?
यसलाई समयकाल अनुसार हेर्नु पर्छ । महिलाका दुखका रंगहरु फेरिएका छन् । पहिलापहिलाका महिलाहरुलाई सासुको चर्को दमन थियो होला । विहान चार बजे देखि राति १२ बजे सम्म काम गर्नु पथ्र्यो होला । महिलालाई पढाउन आमाबाले खोज्दैनन् थिए , होला । तर आज यी कुराहरु न्यून छन् । यसो भन्दैमा महिलालाई नेपाली समाज गजब छ, भन्ने छैन । अहिले महिलाले भोग्नु पर्ने सास्ती अझ जटिल बनेका छन् । महिला आज पनि जटिल अवश्थामा छन् ।
नेपाली महिलाले आफूलाई अन्ययाअत्याचारका भागी सम्झन्छन् । मानवताको मुल्य र मान्यतालाई कुल्चेर भौतिक सुविधासंग तुलना गर्दै हिंसा गर्नु जघन्य अपराध हो । भन्ने कुरालाई सबैले बुझ्न जरुरी छ ।
के देख्नु हुन्छ , त्यस्तो ?
मैले मात्रै हो्इन सिंगो समाज र देशले देख्ने ,भोग्ने गरी महिलाले पीडा भोगेका छन् । महिलाहिंसा र बलात्कारका घटनाहरुले तपाईहामी सबैको मन हल्याइदिएको छ । महिलालाई आज पनि दोस्रो दर्जाको नागरिक संम्झन्छ , राज्य ।
पुरुष सामज महिलाप्रति संवेदनशील पटक्कै छैन् । समय र सामाजिक रहनसहन आधुनिक छ तर चेतना शून्य । यसकारण महिलालाई हेर्ने दृष्टिकोण खराब छ । घरेलु हिंसा विशेष गरी महिला तथा बालबालिका र कमजोर ब्यक्तिमाथि हुने गर्दछ ।
पितृसत्तात्मक समाजमा पुरुषहरु कानून आफैलाई सम्झन्छन् । बलात्कारका घटनामा बलात्कारीलाई कारवाही नहुनु । दाइजोका नाममा एउटी विवाहिता महिलाला घरबाट निकाला हुन्छिन् । मारिन्छिन् , तर उनी माथि अन्याय अपराध गर्ने पुरुष यो या त्यो बहानामा स्वतन्त्र हुन्छ । यसैले कानून भएर मात्रै भएन कार्यान्वनको इच्छाशक्ति चाहियो ।
कुटपिट, भेदभाव, अवाञ्छित लाल्छना, मानसिक तथा शारिरीक यातना, दुब्र्यबहार, अवहेलना आदी घरेलु हिंसा नेपाली महिलाहरुले खेप्नु परिरहेको छ । यस बाहेक महिलालाई खान लाउन नदिनु, घरबाट निकाल्नु, दाइजोको निउँमा दुब्र्यबहार गर्नु , झुटा आरोप लगाउनु, घरभित्र थुनेर राख्नु, गाली गलौज गर्नु, डर, त्रास, धम्की तथा विभिन्न यौनजन्य अनुचित ब्यवहार गर्नु आज पनि सामान्उय जस्तै बनेको छ ।
कानूनको अभावमा यस्तो भएको छ , कि चेतनाको अभावमा ?
हेर्नुस् कानून भनेको चेतना पनि हो । कानुन कार्यान्वन गर्ने र पालना गर्ने तपाइँ हामी नै हो । तर पितृसत्तात्मक समाजमा पुरुषहरु कानून आफैलाई सम्झन्छन् । बलात्कारका घटनामा बलात्कारीलाई कारवाही नहुनु । दाइजोका नाममा एउटी विवाहिता महिलाला घरबाट निकाला हुन्छिन् । मारिन्छिन् , तर उनी माथि अन्याय अपराध गर्ने पुरुष यो या त्यो बहानामा स्वतन्त्र हुन्छ । यसैले कानून भएर मात्रै भएन कार्यान्वनको इच्छाशक्ति चाहियो ।
नेपाली महिला समाजका केही कमजोरी छैनन् ?
नेपाली महिला समाजका कमजोरी भनेकै सहन गर्ने । अपराध सहेर बस्ने हो । आफु अपराध सहन गर्न । अन्याय सहन गर्न जन्मिएको ठान्ने नै हो । एउटी महिला बलात्कृत भएर मारिदा नेपाली महिलामा आक्रोश उत्पन्न हुँदैन तर एउटी महिलाले कुनै पुरुषका विरुद्ध केही गरिन भने उनका विरुद्ध नेपाली महिला समाज जुरुक्कै उठ्छ । कुनै पनि महिलाले पनि अपराध गर्नु भएन । तर महिलाले गल्ती गर्दा महिलाहरु नै पुरुषको न्यायका लागि आन्दोलित हुने तर महिलाहरु बलात्कृत भएर मारिएका मारिएकै छन् । नेपाली महिलाहरु कतै बोल्न सक्दैनन् । यसको अर्थ नेपाली महिलाले आफूलाई अन्ययाअत्याचारका भागी सम्झन्छन् । मानवताको मुल्य र मान्यतालाई कुल्चेर भौतिक सुविधासंग तुलना गर्दै हिंसा गर्नु जघन्य अपराध हो । भन्ने कुरालाई सबैले बुझ्न जरुरी छ ।
एउटी महिला बलात्कृत भएर मारिदा नेपाली महिलामा आक्रोश उत्पन्न हुँदैन तर एउटी महिलाले कुनै पुरुषका विरुद्ध केही गरिन भने उनका विरुद्ध नेपाली महिला समाज जुरुक्कै उठ्छ ।
महिलाहिंसप्रति सिंगो राज्यसत्ता मौन भएका कारण महिला असुरक्षित भएका छन् , भन्ने हो कि ?
नेपाली समाज आज संक्रमणको पद्वतीसंगै अगाडी बढेको छ । हामी न्याय र कानूनको फितलो अभ्यासमा छौ । कानून छ, कार्यान्वयन छैन । न्याय दिने निकाय छ, न्याय पाउने ब्यक्ति छैन । विवेकहीन ब्यक्तिको जमातमा हामी फसिसकेका छौ । यहाँ अपराध हुन्छ, अपराधी भेटिदैन ।
हिंसा गरिन्छ, हिंसा गर्ने हिंस्रक हुदैन । जस्तो सुकै अपराध गरे पनि कानूनी दायरामा ल्याउन सकिएको छैन । जटिल घटनामा पनि राजनैतिक संरक्षणको नाउँमा अपराधीलाई मुक्ति दिलाइन्छ । अपराध र हिंसालाई राजनितिकरण गरिन्छ जसले गर्दा हिंसाका घटनाहरु बढिरहेका छन् । लोकतन्त्र, गणगन्त्र, आर्थिक र सामाजिक रुपान्तरण, समावेशीकरण, शान्ति र दिगो विकास, न्यायिक र समुन्नत समाज सन्दर्भमा ब्यापक बहश चल्छ । यस्तो बहशले समाजमा लैङिक हिंसा न्यूनिकरण हुनुपर्ने हो । तर ब्यवहारमा त्यस्तो देखिदैन । हिंसाको कारणबाट बनेकाहरु पिल्सिएका छन् ।
हामी जस्ता राजनीतिमा सक्रिय महिला राजनीतिककर्मीहरुका लागि मिहलािहंसा विरुद्ध लड्नु एउटा चुनौती पनि हो ।
पिडकहरु उक्सिरहेका छन् । त्यती मात्र नभई पद, प्रतिष्ठा र आर्थिक लाभ प्राप्त गरेका ब्यक्तिहरु नै महिला हिंसामा संलग्न भएको पाईन्छ ।महिला हिंसाको अन्त्य गराउने अस्त्र त कानून नै हो । अस्त्रको प्रयोग गर्ने चेतना सरकार , राजनीतिक दलहरुमा हुनुपर्छ । उनीहरुमा त्यो छैन् ।
राजनीतिको संरक्षणको कुरा गर्नु भयो , तपाईहरु नै राजनीतिमा सक्रिय हुनुहुन्छ तर ...?
हो अहिले नेपाली महिलाको राजनीतिक सक्रियता बढेको छ । राष्ट्रपति नै महिला हुनुहुन्छ । राजनीतिमा ३३ प्रतिशत महिला सहभागिताको कुरा गरिएको छ । तर यी सब कुरा कर्मकाण्डी मात्रै भए । मैले अघि पनि भने महिलाहिंसा गर्ने । महिला हत्या गर्ने र महिलाहिंसा गर्नेहरुलाई राजनीतिक संरक्षण छ ।
विद्यादेवी भण्डारी राष्ट्रपति बन्नु र सुशीला कार्की प्रधानन्यायधीश बन्नुलाई नेपाली महिला मुलधारममा पुगे भन्नेहरु छन् । यसैलाई कर्मकाण्डी व्यवहार भनिन्छन् । सिंगो राज्यमा काकतालीले दुई महिला ती पदमा पुगे भनेर यहाँ कोकोहोलो गरियो ।
हामी जस्ता राजनीतिमा सक्रिय महिला राजनीतिककर्मीहरुका लागि मिहलािहंसा विरुद्ध लड्नु एउटा चुनौती पनि हो ।
राज्यको मुलप्रवाहमा महिलाको उपस्थिति कस्तो छ ?
विद्यादेवी भण्डारी राष्ट्रपति बन्नु र सुशीला कार्की प्रधानन्यायधीश बन्नुलाई नेपाली महिला मुलधारममा पुगे भन्नेहरु छन् । यसैलाई कर्मकाण्डी व्यवहार भनिन्छन् । सिंगो राज्यमा काकतालीले दुई महिला ती पदमा पुगे भनेर यहाँ कोकोहोलो गरियो ।
नेपालका राजनीतिक दलहरुका नेतृत्वपक्तिमा महिलाको अवस्था हेरौँ । सरकारमा महिलाको उपस्थिति हेरौँ । अवश्था त बिजोग नै छ । नेपाली मलिालाई मुलप्रवाहमा ल्याउन सिंगो राज्य चुकेको छ ।
महिलामाथिका यी अन्याय र अत्याचारको अन्त्य कसरी गर्ने त ?
महिला हिंसा विरुद्धकोलागि देश ब्यापी अभियान चलाउनु पर्दछ । यसकोलागि सरकारी, गैरसरकारी, स्थानीय निकाय, पत्रकार र बुद्विजिवीहरुलाई सहभागी गराई समाजमा चेतना फैलाउनु पर्दछ । महिला हिंसा बिरुद्व परिवारका सबै सदस्यहरु सजग हुनु पर्दछ । महिलालाई शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा पहुँच बढाउने कार्यक्रमहरु लागु गर्न आवश्यक छ ।
महिलालाई राज्यको मुल प्रवाहमा समेट्नै पर्दछ । यसको बिकल्प छैन । यसै गरी दाइजो लिनेदिने र माग्नेलाई कानूनको परिधी भित्र ल्याउनु पर्दछ । दण्डहिनताको अन्त्य गरिनु पर्दछ । जसले गर्दा महिला माथी हुने हिंसालाई रोक्न सकिन्छ ।
महिला हिंसा विरुद्ध महिलाहरू नै सचेत हुन जरूरी छ । अब हिंसा सहने हाेइन ।अन्याय र हिंसाका विरुद्ध प्रतिकार गर्ने हो , भन्ने चेत महिलामा आउनु पर्छ ।
प्रतिक्रिया थप्नुहोस्