आनन्दराम पौडेल ।[email protected]

लघुकथा  : उमेर घटाएर करनी 

ती युवतीसँगको भेट पनि आकस्मिक थियो। हामी लमजुङबाट फर्कंदैथियौं। बसमा ती युवतीको र मेरो एउटै सीट भएकोले सामान्य कुराकानी भएको थियो। पोखरा आइपुगे पछि हामी आ(आफ्नो बाटो लागेका थियौं। तर, भोलि पल्ट बिहानै फेवातालको बीचमा रहेको मन्दिरछेउमा तिनीसँग पुन: भेट भयो। त्यहाँबाट लेकसाइडमा आएर सँगै चिया पियौं। चिया पिउँदैगर्दा तिनैले विमर्शसम्बाद शुरु गरिन्। तिनी खारिएको (भेट्रन) वकीलको खोजीमा आएकी रहिछन्।

तिनले भनिन् –“युवाहरूसँग रसरङ्ग गर्ने बानि परेकोले पढाईमा त्यति मनलाग्दैन थियो। तर, घरमा बाबामम्मीले सधैं पढाईको बिषयमा सोधखोज गरिरहने भएकोले नतिजा देखाउन जरुरी भैराखेको थियो। उसको  लागि एकजना शिक्षकलाई फसाउँने निर्णय गरें।

भैरव माबि मोहोरियाका शिक्षक प्रकाश थापा रसीलो, फरासीलो र रोमाण्टिक लागेकोले उनैसँग नजिक हुँदै लहसिंदै गएँ र फँसाइहालें। मेरो टाढाको नातेदार अर्जुनविक्रम थापाले शिक्षक प्रकाश थापासँग मेरो अन्तरङ्ग सम्बन्धको गन्ध पाएछ। उ पनि मेरो पछि लाग्यो। उस्ले पैसाको प्रलोभन पनि दियो।

शुरुमा त उसले राम्रै रकम रु। पाँचहजार सम्म दिन्थ्योस तर पछिपछि त मेरो शरीरसँग खेलेर दुई हजार र अझ एकहजार पो दिन थाल्यो। त्यतिले नपुगेर उधारो राख्नथाल्यो। उता शिक्षक प्रकाश थापाले पनि मेरो नतिजाको लागि खासै योगदान दिएन। यी दुवैमाथि मलाइ झोकचल्यो। त्यसपछि यी दुबैजनालाइ ठेगान लगाउँछु भनेर योजना बनाएँ। योजना मुताविक एउटा धनाढ्य ब्यापारीको छोरालाई  आफ्नो बनाएँ। उसले – ‘जति खर्च लाग्छ म दिउँलास गतीलै वकील खोज’ भनेकाले उस्कै सल्लाह अनुसार वकील खोज्न म पोखरा आएकी हुँ।”

यति भनेर उनी रोकिइन्। यतिञ्जेल सम्म म एकोहोरो उनको कुरा सुनिरहेको थिएँ र छक्क परिरहेको थिएँ।

“उनीहरूको विरुद्ध मुद्दाचाहीं के भनेर हाल्ने रु” मैले सोधें।

“जबर्जस्ति करणि मुद्दा हाल्ने हो।”  उनले जवाफ दिइन्।

“बर्ष(डेढ बर्षदेखि करणि गराउँदैहिंडेर, अब अहिले आएर जबर्जस्ति करणि भन्न मिल्छ र ?” आश्चर्यमानेर मैले सोधें।

“ल, तपाईंलाई  थाहैरहेनछस १८ बर्षमुनिकी केटीले जति करणि गराउँदै हिंडेपनि जबर्जस्ति कर करनी  मुद्दा हाल्न पाउँछे नि ! अदालतले पनि महिलाकै पक्षमा फैसला गरिदिन्छ।” ती युवतीले प्रष्ट बुझाइन्।

“तर तिमी त २०-२१ बर्षकी देखिन्छ्यौ त?” मैले कौतुहल राखें।

“८ कक्षामा फाराम भर्दा मैले ३ बर्ष घटाएर जन्ममिति लेखेको थिएँ।”  उनले भित्री रहस्य नै खुलाइन्।

“तपाईंको नजरमा कुनै गतीलो वकील छ कि ? ” ती युवतीले सोध्दैथिइन्। त्यसपछि तिनको छेउमा बस्न घीनलाग्यो। हतार भएको जनाएर त्यहाँबाट कुलेलम ठोकें। केही दिनसम्म त कस्तो भइरह्यो भने बाटाघाटमा भेटिएका नेपाली युवतीहरू सबैमा तिनै लमजुङे युवती देख्न थालें।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै