काठमाडौंः प्रविधिको प्रयोग गरेर पनि मानिसलाई ४ दिने लाग्ने काम ३० मिनेटमा नै गर्नसक्ने एक मुसालाई स्वर्ण पदकले विभूषित गरिएको छ। मगावा नाम गरेको एक अफ्रिकी मुसालाई जमिन मुनि गाडिएको विष्फाेटक पदार्थ पत्ता लगाएवापत प्रतिष्ठित स्वर्ण पदकले सम्मानित गरिएको हो। 

बेलायतको पशु चिकित्सालय संस्था पीडीएसएले मुसाले देखाएको बहादुरीलाई सम्मान गर्दै उक्त पदक प्रदान गरेको हो। पीडीएसएले प्रदान गरेको पदकमा ‘पशु वीरता र कर्तव्यप्रति भक्ति’ शब्द कुँदिएको छ।

ad

मगावाले अहिलेसम्म ३९ वटा विष्फाेटक पदार्थ पत्ता लगाएको छ। तान्जानियास्थित, बेल्जियमद्वारा स्वीकृति प्राप्त अपोपो नामको संस्थाबाट विष्फाेटक पदार्थको खोजीका लागि मुसालाई तालिम दिइएको थियो। करिब २ केजी तौल र ७० सेन्टिमिटर लामो यो मुसा आम मुसाको प्रजाति भन्दा निकै ठूलो रहेको छ।  

मगावाले टेनिस कोर्ट जत्तिकै ठूलो क्षेत्रमा रहेका विष्फोटक पदार्थ ३० मिनेटमा खोज्न सक्छ, जबकी उक्त क्षेत्रलाई धातु पत्ता लगाउने यन्त्रको सहाराले पनि मानिसका लागि चार दिन लाग्न सक्दछ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै