काठमाडौंः काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथमनाइदैछ ।
अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु होली फागु मनाइरहेका छन् । रङको पर्व भनेर चिनिने यो पर्व तराई मधेसमा भने शुक्रबार मनाइन्छ ।
काठमाडौंको विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा अहिले होली खेलिरहेका छन्।
पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ जलाएपछि होली पर्वा विधिवत रुपमा समाप्त हुनेछ ।
तस्बिरमा हेर्नुस्,
प्रतिक्रिया थप्नुहोस्