प्रकाश सपुतको गीत ‘पिर’ले पारेको प्रभाव

शरद अधिकारी | [email protected]

प्रकाश सपुतले तयार गरेको गीत पिरको चर्चा सेलाएको छैन । पहिले राखिएका केहि दृष्यलाई हटाएर गीत पुनः सार्वजनिक गरिएको छ । यो गीत युट्युवबाट सार्वजनिक गरिएको थियो । नेपालमा केही बर्ष यता गीत सार्वजनिक गर्नका लागि युट्युव एकमात्र माध्यम बनेको छ । पहिले अडियोमा केही थान गीत राखेर एल्वम निकाल्ने चलन थियो । दृष्य सहित सिडी निकाल्ने चलन थियो ।

ad

अव यो सवै उहिलेको कुरा भएको छ । उहिलेको कुरा किनभने अव त्यो प्रविधि म्युजियमको विषय बनेको छ । प्रकाश सपुतले सार्वजनिक गरेको गीतले साता दिनमै एक करोड भन्दा धेरै दर्शक पाएको थियो । यो गीत सार्वजनिक भएको भोलिपल्टै विवादमा परेको थियो । गीत सार्वजनिक भएपछि जुन कृयाकलापहरु गरिए त्यसले गीतलाई विवादमा पा¥यो ।

गीत सार्वजनिक भएपछि अनेकन खालका प्रतिक्रियाहरु आए । ति प्रतिक्रियापछि सपुतले गीतमा पहिले राखेका केही दृष्यलाई सम्पादन गरेका छन् । पहिले जुन दृष्य थिए ति दृष्यका बारेमा चर्चा परिचर्चा आगामी दिनमा हुनेछन् । प्रकाश सपुतले सार्वजनिक गरेको गीतले राजनीतिमा जुन तरङ्ग पैदा गरेको छ यो तरङ्गको चर्चा केही समय रहनेछ । पिर धेरै चर्चा गर्नुपर्ने गीत थिएन ।

माओवादीले कि विगतलाई समीक्षा गरेर सच्चिने दिशामा जानुपर्छ । कि भने समाप्तीको दिशामा जानुपर्छ । माओवादी विगतमा जुन क्रेज थियो त्यो क्रेज कहाँबाट कहाँ पुग्यो भन्ने कुरालाई एकपटक गम्भिर वा निर्मम रुपमा समिक्षा गरेर जानुपर्छ । 

 

गीतलाई अत्यन्त राम्रो वा अत्यन्त खराव भनेर धेरै चर्चा गर्नुपर्ने थिएन । यो गीतलाई सामाजिक सञ्जालका माध्यमबाट जसरी चर्चामा ल्याइएको छ यसले समग्रमा गीत सार्वजनिक गर्नेलाई फाइदा पुगेको छ । राजनीतिक दलले यसलाई यसरी चर्चामा नल्याएको भए हुने थियो । गीतको चर्चापछि अनेकन विषयहरु सतहमा आएका छन् । सतहमा आएका विषयका बारेमा सामान्य चर्चा गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।

          पिरमा व्यक्त गरिएका शव्द सुन्दा यस्तो लाग्दैन । पिरलाई दृृष्यमा रुपान्तरण गर्दा माओवादी जनयुद्धलाई लक्षित गरेको छ । माओवादी आन्दोलनका समयमा जुन सपना देखिएको थियो । माओवादीले जनयुद्ध थाल्दा जे सपना बाँडिएको थियो ति सपना पुरा भएनन् भन्ने कुरा गीतमा देखाइएको छ । जनयुद्धमा लाग्नेहरुले सपना उमारेका थिए । जनयुद्धमा लाग्नेहरुले मुलुक समृद्ध हुने कुरा गरेका थिए ।

मुलुकमा सुशासन कायम हुने आशा गरेका थिए । भ्रष्टाचार अन्त्यको कल्पना गरेका थिए । जसले अवसर पाएका छैनन वा सधै अवसरबाट बञ्चित रहेका छन ति सवैले अवसर पाउने सपना बाँडिएको थियो । माओवादीले गरेको युद्ध वा आन्दोलनभित्र नकारात्मक मात्रै छैन । नकारात्मक उद्देश्यले युद्ध गरिएको थिएन । माओवादी युद्धपछि जुन आशा गरिएको थियो त्यो निरासामा परिणत भयो भन्ने कुरा मात्रै पिरमा उल्लेख गरिएको छ । जो युद्धमा लागेका थिए ति अहिले पनि पीडित छन् । ति अहिले पनि प्रताडित छन् ।

अहिले पनि झुपडीमा बस्नेहरु रमाउन सकिरहेका छैनन् । निमुखाको मुहारमा हाँसो आउन सकेको छैन । समग्र देश परिवर्तनका लागि हिडेकाहरुले देश त परिवर्तन गर्न सकेनन्, परिवर्तनका लागि हिडेकाहरुको परिवर्तन भएन । बदलिए केही थान मानिसको रवाफ बदलियो ।

 

अहिले पनि मुलुकमा विकासको फड्को मार्न सकेको छैन । अहिले पनि भ्रष्टाचार अन्त्य भएको छैन । अहिले पनि सानाका कुरा सुनिदैन । हिजो सत्तामा जो थिए त्यो ठाउँमा केही बदलिए । सत्तामा रहेकाहरुका अनुहार बदलियो । तर अवसरको खोजीमा रहेकाहरुको अनुहार बदलिएको छैन । अवसर जसले पाइरहेका थिए तिनैले अवसर पाइरहेका छन् ।

अहिले पनि झुपडीमा बस्नेहरु रमाउन सकिरहेका छैनन् । निमुखाको मुहारमा हाँसो आउन सकेको छैन । समग्र देश परिवर्तनका लागि हिडेकाहरुले देश त परिवर्तन गर्न सकेनन्, परिवर्तनका लागि हिडेकाहरुको परिवर्तन भएन । बदलिए केही थान मानिसको रवाफ बदलियो । केही थान मानिसको जिवन परिवर्तन भयो । केही मानिसहरुले अवसर पाए । सामान्य उदाहरण दिने हो भने हिजोका दिनमा बुर्जवा शिक्षा लिनु हुँदैन भनेर जसलाई शिक्षाबाट युद्धमा हिडाउने काम गरियो । पछि तिनै पात्र अपहेलित भए । अवसर लिने बेलामा लेख पढ गरेकाहरुको खोजी गरियो । निर्वाचनमा लड्ने बेलामा पूँजी हुनेहरुको खोजी गरियो । धनाड्यको खोजी गरियो । यहि कारणले गर्दा पिर सार्वजनिक भयो ।

घाइतेहरुको घाउमा मलम लगाउने काम गरिएन । बेपत्ताका परिवारहरुले न्याय पाउन सकेनन् । जेल बसेकाहरु, दुःख पाएकाहरु, भूमिगत भएकाहरु, शिक्षाबाट बञ्चित भएकाहरुको ठूलो आशा थियो त्यो सरकारसंग ।

 

  माओवादी जनयुद्धको उठान जसरी भयो सवैले आशा गरेका थिए । जतिवेला माओवादी युद्धमा थियो त्यतिवेलासम्म माओवादी परिक्षणमा थिएन । भनिन्छ एउटा मानिस कस्तो छ भन्ने कुरा थाहा पाउन उ सामाजिक जीवनमा प्रवेश गरेको हुनुुपर्छ । जव उ समाजमा जान्छ तव उसलाई मानिसले मूल्याङ्कन गर्नेछन् । कुनै बालवालिका कस्तो छ भन्ने कुरा उ विद्यालयमा गएपछि थाहा हुन्छ । माओवादी युद्धमा रहेको समयमा जे देखिन्थ्यो त्यो रहेन खुल्ला राजनीतिमा आएपछि । खुल्ला राजनीतिमा आएपछि विगतको विरासतलाई जोगाउन नसकेको कुरालाई गीतमा स्पष्ट देखाइएको छ ।

माओवादी आन्दोलनको एउटा सत्य छापामारहरु थिए । माओवादी छापामारहरुकै कारणले गर्दा माओवादी बलियो बनेको थियो । माओवादीका छापामारहरु अस्तित्वमा रहेको अवस्थासम्म माओवादी बलियो थियो । माओवादीले २०६४ सालको निर्वाचनमा प्रत्यक्ष तर्फ बहुमत ल्याउनुको कारण यहि नै हो । माओवादीले दुई सय ४० मध्य एक सय २१ सिटमा जित हासिल गरेको थियो । माओवादीले ल्याएको मत कम थिएन । त्यतिवेला माओवादीले सत्ताको नेतृत्व गर्न पाएको थियो । माओवादीले सत्ताको नेतृृत्व गर्न पाएको समयमा लडाकुको व्यवस्थापन गर्ने कुरामा ध्यान दिएन ।

घाइतेहरुको घाउमा मलम लगाउने काम गरिएन । बेपत्ताका परिवारहरुले न्याय पाउन सकेनन् । जेल बसेकाहरु, दुःख पाएकाहरु, भूमिगत भएकाहरु, शिक्षाबाट बञ्चित भएकाहरुको ठूलो आशा थियो त्यो सरकारसंग । यद्दपि त्यो भन्दा पहिले पनि माओवादी सत्तामा थियो । अन्तरिम संसदमा थियो । अन्तरिम संसदमा माओवादी गएको बेलामा नै केही परिवर्तन हुने आशा गरिएको थियो । माओवादीको नेतृत्वमा सरकार बनेपछि धेरैलाई लागेको थियो अव साच्चिकै नेपालमा राजनीतिक परिवर्तन भयो अव विकासको रफ्तार अघि बढ्नेछ ।

आर्थिक रुपमा देश अघि बढ्नेछ । नागरिकले सम्मानका साथ जीवन बाँच्न पाउनेछन् । यहि भएन जसले गर्दा प्रकाश सपुतले पिर सार्वजनिक गर्नुपर्ने अवस्था आयो । कुनै पनि देशमा राजनीतिक क्रान्तिपछि विकासको रफ्तार अघि बढ्यो भने मात्रै देश सम्पन्न हुन्छ । नेपालमा क्रान्तिपछि आएको शक्ति संसदीय खेलमा रुमल्लियो । जसले गर्दा नागरिकका आशामा तुसारापात भयो ।

   पिरका माध्यमबाट प्रकाश सपुतले जुन दृष्य देखाएका छन् यो उदाहरण मात्रै हो । दृष्य सम्पादन सहित पुनः आएको छ । सम्पादन गरिएपनि पुरानो दृष्य सवैलाई याद रहनेछ । एक करोडले पहिल्यै हेरिसकेको दृष्य थियो । कतिले यसलाई डाउनलोड गरिसकेका छन् । टिकटकमा आएका छन् । अव यो आम नागरिकको दिमागबाट हट्न सक्नेछैन । यो गीतमा प्रयोग गरिएको दृष्य सम्पादन गरिएपछि विरोध गर्ने राजनीतिक दलका कार्यकर्ताले सन्तोषको श्वास फेर्न सक्छन् । निकै राम्रो गरियो वा दवाव दिन सकियो भनेर भन्न सक्छन् ।

गीतमा देखिएको दृष्य अश्लिल छैनन् । गीतमा व्यक्त गरिएको भावले माओवादीलाई समिक्षाका लागि अवसर दिएको रुपमा बुझ्नुपर्ने थियो । माओवादीले आफूलाई यहि समिक्षामा खरो उतार्न सकेको भए हुन्थ्यो । आजको दिनमा माओवादी समिक्षाका लागि तयार भएको देखिएको छैन । संविधानमा जुन कुरा उल्लेख गरिएको छ त्यसलाई साकार पार्नका लागि लाग्नुपर्ने थियो ।

माओवादीले आफूले बाँडेको सपनालाई एकपटक फर्किएर हेर्दा हुन्छ । प्रकाश सपुतको गीतले १० बर्षको आन्दोलन वा युद्धलाई धुलो पारेको होइन । त्यो यद्धुलाई चुटन् खोजेको पनि होइन । मात्रै यसलाई कसरी बुझ्ने भन्ने कुरा हो । अहिले माओवादीको नेतृत्वलाई हेर्दा विगतको त्यो भारीलाई गन्तव्यसम्म लग्नका लागि क्षमता गुमाइसकेको देखिन्छ ।

          पिरका माध्यमबाट प्रकाश सपुतले जुन दृष्य देखाएका छन् यो उदाहरण मात्रै हो । दृष्य सम्पादन सहित पुनः आएको छ । सम्पादन गरिएपनि पुरानो दृष्य सवैलाई याद रहनेछ । एक करोडले पहिल्यै हेरिसकेको दृष्य थियो ।

 

पिरमा देखिएका वा देखाइएका दृष्यहरु उदाहरण मात्रै हो । पिरले गरेको पिर मात्रै के हो भने माओवादीले जनयुद्धको क्रममा बाँडेको सपना पुरा गर्न सक्दैन भन्ने हो । माओवादीले कि विगतलाई समीक्षा गरेर सच्चिने दिशामा जानुपर्छ । कि भने समाप्तीको दिशामा जानुपर्छ । माओवादी विगतमा जुन क्रेज थियो त्यो क्रेज कहाँबाट कहाँ पुग्यो भन्ने कुरालाई एकपटक गम्भिर वा निर्मम रुपमा समिक्षा गरेर जानुपर्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै