आनन्दराम पौडेल|

लघुकथा

०७८ साल भदौ महिना दोश्रो हप्तामा हो। थलारा गाउँपालिका(४, डिक्ला, बझाङमा अचानक पहीरो गयो। धेरै परिवारको घर पहीरोले लग्यो। त्यसमध्ये ७२ बर्षकी बृद्धाको घर पनि पहीरोले लगेको थियो। पल्लो गाउँका शिक्षकले एकजना बृद्धा केही दिनदेखि अल्मलिएर, टोलाएर बसिरहेकी देखे। तिनी ७०-७२ बर्षभन्दा बढीकि देखिन्थिन्। नजिकै गएर सोधे – “आमा केही दिनदेखि देखिरहेको छु, तपाईं टोलाएर मात्र बसिरहनुभएको छ। किन ? के पर्यो र ?”

“४ दिनअघि आएको पहीरोले घर-गोठ सबै लगिहाल्यो। बल्लबल्ल ज्यानसम्म बचाएँ। बिहानबेलुका खान छैन र रात बिसाउन आश्रय पनि छैन। मेरा पति उहिल्यै बिते। रोजगारी खोज्दै छोरो भारततिर गएको छ। बुहारी पोइल गैहालि। यही जर्जर थोत्रो ज्यान मात्रै छ।”  बृद्धाले बताइदिइन्।

“पहीरोले घर(गोठ लगेकोलाई सरकारले ब्यवस्था गरेको छ नि आमा। जिल्ला प्रशासन कार्यालयले सूचना पनि जारी गरेको छ। आमा, तपाईं आजै जिल्ला प्रशासन कार्यालय जानुहोस्।”  शिक्षकले सल्लाह दिए।

बृद्धा १० बजे नै जिल्ला प्रशासन कार्यालयमा पुगिन्। अड्डाभित्र हाकिम जस्तो देखिने अधिकृत कर्मचारीको टेबुलअगाडी उभ्भिएर आफ्नो सबै वृतान्त कहिन्। ती हाकीम अधिकृतले ध्यानदिएर सबैकुरा सुनेनन्।

“ए..... बुझें(बुझें। पहीरोले घर-गोठ लगेछ। बाहिर सूचना टाँसेको छ। त्यो सूचनामा लेखेअनुसार सबै कागज(प्रमाण पुर्याएर आउनुहोला। यहाँ मेरो अरु काम छस तपाईं गैहाल्नोस्।”

ती हाकीम अधिकृतको ठाडो, रुखो जवाफ सुनेर बृद्धा एकछिन स्तब्ध भइन्।

अझै अल्मिएर उभिईरहेको देखेर ती हाकीम अधिकृतले झर्केर हपार्दै गर्जेर भने – “हैन, तपाईं अझै उभीईरहनुभएको छस तपाईं यहाँबाट गैहाल्नोस्।”

ती अधिकृत हाकीमको गर्जनले बृद्धा थर्थरी भइन्। हाकीमबाट आतङ्कित भएकि बृद्धा तर्सिंदै र अलि(अलि काम्दै बाहिर आइन्। पहीरोपीडितको लागि जारीभएको सूचना कता छ रु भनेर जान्नेबुझ्नेहरूसँग सोधिन्। एउटा नागरिकता बनाउन आएको युवालाइ बृद्धाप्रति दया पलाएछ। उस्ले एउटा कागजमा सूचना सारेर बृद्धालाइ दियो। जस्मा लेखिएको थियो –

 “बाढी(पहीरोमा परी घरबास र धनजन गुमाएकाहरूले राहत माग्न आउँदा यी कागजात लिएर मात्र आउनुहोला !

- प्रहरी बोलाएर सर्जमिन गराएको सर्जमिन मुचुल्का सक्कलै।

- स्थानीय सरकारले गरिदिएको सिफारिश सक्कलै।

- धनजनको क्षति भएको रङ्गीन फोटो।

- कर चुक्ता गरेको प्रमाण सक्कलै।

-मृतकसँगको नाता प्रमाणित गरेको प्रमाणपत्र।

- खालि चेकको फोटोकपि।

त्यही युवाले सूचनाको इतिवृतान्त बताइदियो र सूचना सारेको कागज हातमा राखिदियो। सूचनाले मागेअनुसार कागज(प्रमाण पुर्याउनसक्ने स्थिति देखिनन्। आफ्नो ब्यथा कहन फेरि त्यही हाकिमछेउ जाने आँटहिम्मत त झन् आउँदैआएन। बृद्धाले ती हाकीमलाइ मान्छे नभएर नरभक्षी बाघ ठानिन्, जो सधैं दाह्रानङ्ग्रा निकालेर झम्टिन तैयार रहन्छ। थचक्क बसिन्। एक्कैछिनपछि खु।।।।इय गर्दै उठेर बिस्तारै बाटोलागिन्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै