सन् १४८० मा जन्मिएका फर्डिनान्ड प्रशान्त महासागर पार गर्ने पहिलो व्यक्ति  थिए । सन् १५१९ मा म्यागनल आफ्नो टोलीसहित समुद्रको बाटोमा स्पाइस द्विप खोज्नका लागि निस्किएका थिए । केही देश भएर हिँडेको तीन वर्षपछि यो समूह सोही स्थानमा नै फर्किएको थियो ।

स्पेन हुँदै गएको यो यात्रा पूरा गरेको खुसी मनाउनका लागि भने कमैमात्र जीवित थिए । २७० जनाको चालक दलसँग भएको यो यात्रा अन्त्य हुँदा १८ जना मात्रै बँचेका थिए । यात्राकै क्रममा म्यागलनको पनि मृत्यु भएको थियो ।

ad

यो यात्राका क्रममा सन् १५२१ मा म्यागलन फिलिपिन्सको पूर्वी तट पुगेका थिए । त्यहाँका आदिवासीले उनलाई सिबू टापुमा लिएर गए । म्यागनल र उनको चालक दलका सदस्य सिबुका स्थानीयसँग राम्रो साथी बने ।

यति गहिरो दोस्ती भयो कि म्यागलन आफ्ना साथीलाई छिमेकी टापुमा रहने उनका दुश्मनको आक्रमणबाट बचाउन तयार भए । उनीहरुले हमलाको तयारी गरे र समूहको नेतृत्व म्यागलन आफैंले गरे । तर उनी घाइते भए । उनलाई बिषमा डुबेको एक तीर लाग्यो र मृत्यु भयो ।

म्यागलनसँग गएका मानिस स्पाइस टापु खोजेपछि सोही बाटो फर्किन चाहन्थे, तर उनीहरु आफ्नो बाटो परिवर्तन गरेर छोटो बाटोबाट स्पेन फर्किए । म्यागलनले यसै बाटोलाई प्रशान्त महासागर भनेका थिए, तर यो देख्ने उनी पहिलो युरोपियन थिएनन् ।

वर्षौपछि स्पेनका खोजकर्ता भास्को नुनेज डी बालबोआ पनामाबाट प्रशान्त महासागरको किनारामा पुगे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै