काठमाडौं : गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनले 'आइटी इन्टरप्रीनर्शिप र लिडरशिप'बिषयक तीन दिवसीय कार्यशाला सम्पन्न गरेको छ ।
उक्त कार्यशाला गोष्ठी समापन गर्दै पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले प्रजातन्त्र तथा शान्ति स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले अतुलनीय योगदान गरेको बताए । उनले विकासका स्वप्नद्रष्टा जिरिजाबाबुका नाममा खोलिएको फ़ाउण्डेशनले 'आइटी इन्टरप्रीनर्शिप र लिडरशिप'को कार्यक्रम गरेर राम्रो काम गरेको बताए । सिंहले भने -'आइटी इन्टरप्रीनर्शिप र लिडरशिपको कार्यक्रम समय सान्दर्भिक छ । वर्तमानमा सबै कुरा प्रबिधिमा नै निर्भर रहने भएकाले अब प्रविधिमार्फत सिर्जनशील बन्नु पर्छ । '
पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेत्री गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले फ़ाउण्डेशन्ले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य,पर्यटन, खेलकुद तथा बिविध अनुसन्धानमुलक क्रियाकलप गर्दै आइरहेको र सोही कार्यको निरन्तरता दिने क्रममा आइटी र स्वरोजगारी सम्बन्धि कार्यशाला आयोजना गरेको बताइन ।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व मन्त्री एवं कांग्रेस नेता मानबहादुर बिश्वकर्माले गिरिजा बाबुले आर्थिक उदारीकरणको नीति लागु गरेपछि देशमा धेरै शैक्षिक संस्थाहरु, स्वास्थ्य सस्थाहरु एबम उद्योग कलकारखाना खुलेकोले धरै रोजगारीका अवसर सिर्जना भएको बताए। अहिलेको समय बिज्ञान र प्रविधिको युग भएकोले गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनले आयोजना गरेको आइटी संग सम्बन्धित कार्यशाला गोष्ठीले युवा विद्यार्थीहरुलाई लाभ हुने बिश्वास व्यक्त गरे।
सो अवसरमा प्रधानमन्त्रीका पूर्व सल्लाहकार डा. राम थपलियाले गिरिजा बाबुसंग आफुले लामो समय काम गरेको स्मरण गर्दै उहाँमा प्रबिधि प्रति बिशेष रुची रहेको बताए । उनले युवाहरुको सशक्तिकरणको लागि गिरिजाप्रसाद कोइरालाको कार्यकाल स्मरणीय रहेको दावी समेत गरे।
गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनका रिसर्च डिरेक्टर डा.तारा बन्जाडेले फ़ाउण्डेशनले आयोजना गरेको त्रि दिवसीय कार्यशाला गोष्ठीले विद्यार्थीहरुलाई आइटी र स्वरोजगारीको बिषयमा नयाँ दिशा तय गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
सो कार्यक्रममा विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुलाइ विभिन्न विधाका बिषय विज्ञहरुले तालिम प्रदान गरेका थिए ।
प्रतिक्रिया थप्नुहोस्