कांग्रेसको राजनीतिक जीवनका लागि देउवाको अराजनीतिक चरित्र 

अनुज विश्वकर्मा  
२०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचन पेचिलो यस कारण छ कि , दलहरु अपवित्र गठबन्धनमा होडबाजी गरिरहेका छन् । नेकपा र साथका केही दलका कारण दुईतिहाइ बहुमतका साथ सरकारमा गएको नेकपा पार्टीको आन्तरिक नेतृत्व टकरावका कारण पार्टी फुट्यो ।

ओलीको अराजनीतिक रवैयाका कारण नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने अवसर मिल्यो । अहिले त्यो अवसरको 'तर' मार्नमा देउवा मस्त छन् ।पदका लागि कांग्रेस बेच्दै आएका देउवाले ओली शक्तिहीन भए पछि पुष्पकमल दाहाल र माधवकुमार नेपालको पसलमा लगेर बाँकी कांग्रेस बेचेको अवस्था छ । 

नेकपाबाट पुन: एमाले बनेको पार्टीको सरकार पनि गिर्यो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा लज्जाजनक हार बेहोर्न बाध्य भएको नेपाली कांग्रेसलाई नेकपाको फुट र ओली सरकारको अन्त्य चुनौती र अवसर दुवै थियो । 

ओलीको अराजनीतिक रवैयाका कारण नेपाली कांग्रेसलाई सत्ताको नेतृत्व गर्ने अवसर मिल्यो । अहिले त्यो अवसरको 'तर' मार्नमा देउवा मस्त छन् । राजनीतिक अवसर व्यक्तिका लागि प्रयोग हुनुभन्दा पनि देश र समाजका लागि प्रयोग हुने कुरा हो । तर नेपालमा त्यसको ठीक उल्टो छ । यतिबेला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नितान्त व्यत्तिगत स्वार्थका लागि प्रयोग गरिरहेका छन् । त्यसो त उनीस् सरकारबाहिर अथावा ओली सरकारमा भएका बेला उनले अघोषित रुपमा ओलीलाई साथ दिएर ओली सरकार सफल बनाउने रणनीति बनाएको चर्चा निकै चलेको थियो । यो चर्चा आधारहीन भने , थिएन । देउवा र ओलीबीच अपवित्र गठबन्धन थियो । जस अनुसार ओलीले देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गराउन सत्ताको शक्ति प्रयोग गर्ने , र त्यसका बदलामा ओली सरकारलाई कांग्रेस सभापति समेत रहेका देउवाले सहयोग गर्ने भन्ने थियो । त्यो देउवाको व्यवहारका कारण पनि पुष्टि भयो । 

कम्यूनिस्ट आपसमा टुक्राटुक्रा भएको यो समयमा कांग्रेसका लागि चुनावी मैदान खाली थियो । तर देउवालाई कहिल्यै कांग्रेस चाहिएन । मुठ्ठीभरका लठैतहरुलाई बोकेर सिंगो कांग्रेसमा रजगज चलाएका देउवाको चालवाजीका कारण फेरि अर्को एकपटक कांग्रेस भीरमा पुगेको छ ।


पदका लागि कांग्रेस बेच्दै आएका देउवाले ओली शक्तिहीन भए पछि पुष्पकमल दाहाल र माधवकुमार नेपालको पसलमा लगेर बाँकी कांग्रेस बेचेको अवस्था छ । 

कांग्रेसको राजनीतिक जीवनका लागि त देउवाले राजनीतिक अपराध नै गरेका छन् । उनले आफ्नो प्रधानमन्त्री पदलाई सुरक्षित राख्न र आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टीको होइन, आफ्नो   पल्लाभारी पार्नका लागि अहिले कांग्रेस नेता कार्यकर्ताको रगत पिएर संसदीय राजनीतिको भर्याङ चढेका प्रचण्ड जस्ता राजनीतिक  अपराधीलाई बाँधमा बोकेका छन् । 

यता आफ्नो राजनीतिक जीवनको करिब साढे दुई दशक देउवाको सत्तोसराप गर्नमा समय वितानएका रामचन्द्र पौडेलले देउवाले दिएको बाँकी राष्ट्रपति पदका नाममा सिंगो कांग्रेसको तेजोवध भएको हेरर वसेका छन् । उनको यो चरित्रले कांग्रेस मात्रै होइन उनै पनि समाप्त बन्दै गएका छन् । 

कांग्रेसको राजनीतिक जीवनका लागि त देउवाले राजनीतिक अपराध नै गरेका छन् । उनले आफ्नो प्रधानमन्त्री पदलाई सुरक्षित राख्न र आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टीको होइन, आफ्नो   पल्लाभारी पार्नका लागि अहिले कांग्रेस नेता कार्यकर्ताको रगत पिएर संसदीय राजनीतिको भर्याङ चढेका प्रचण्ड जस्ता राजनीतिक  अपराधीलाई बाँधमा बोकेका छन् । 

 

२०७४ सालको प्रतिनिाधिसभा निर्वाचनमा ठेकेदार , व्यापारी र आफन्तलाई टिकट बाडेर बदनाम  कमाएका देउवा स्थानीय निर्वाचनमा  आफ्नो व्यक्तिगत राजनीतक फाइदाका लागि माचओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको र्याल , सिंगान सोहोर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिँदैछन् । 

कम्यूनिस्ट आपसमा टुक्राटुक्रा भएको यो समयमा कांग्रेसका लागि चुनावी मैदान खाली थियो । तर देउवालाई कहिल्यै कांग्रेस चाहिएन । मुठ्ठीभरका लठैतहरुलाई बोकेर सिंगो कांग्रेसमा रजगज चलाएका देउवाको चालवाजीका कारण फेरि अर्को एकपटक कांग्रेस भीरमा पुगेको छ ।

आफ्ना प्रतिव्दन्दी डाक्टर शेरखर कोइराला र अध्याधिक मतका साथ महामन्त्रीमा विजयी बनेका महामन्त्री गगन थापा ,केन्दीय सदस्य गोविन्द पोख्रेल र  नेता गुरुराज घिमिरेलगायतका नेताहरुले  कांग्रेस एक्लैले स्थानीय तहको निर्वाचन लड्नु पर्छ । कांग्रेसका पक्षमा जनलहर छ,भन्दै कांग्रेसले बहुमतका साथ चुनाव जित्ने दावी गरिरहँदा देउवाका कानमा वतास चलेन ।

आज उनकै कारण असली कांग्रेसहरु भटाभट पार्टी परित्याग गर्दैछन् । आज उनकै कारण निष्ठावान कांग्रेस जनका हत्यारहरुले कांग्रेसको मैदान ओगड्दैछन् । आज रागतमा प्रजातन्त्र बोकेका कांग्रेसीहरु कसरी आफ्नै सहकर्मीहरुको हत्यारा माओवादीलाई भोट हाल्ने चिन्तामा परेका छन् । तर कांग्रेस नेतृत्वलाई यो चिन्ताको कुनै चासो छैन् । 

आफ्ना प्रतिव्दन्दी डाक्टर शेरखर कोइराला र अध्याधिक मतका साथ महामन्त्रीमा विजयी बनेका महामन्त्री गगन थापा ,केन्दीय सदस्य गोविन्द पोख्रेल र  नेता गुरुराज घिमिरेलगायतका नेताहरुले  कांग्रेस एक्लैले स्थानीय तहको निर्वाचन लड्नु पर्छ । कांग्रेसका पक्षमा जनलहर छ,भन्दै कांग्रेसले बहुमतका साथ चुनाव जित्ने दावी गरिरहँदा देउवाका कानमा वतास चलेन ।

 

जस्तै अफ्ठ्यारो परिस्थितिमा पनि स्थापक नेता जननायक बीपी कोइरालाले कम्यूनिस्टसंग सहकार्य नगरेको त्यो विशाल विरासतलाई देउवाले निरन्तर खरानी बनाउँदै आएका छन् । देउवाको राजनीतिक चरित्र र संस्कार सिकेका कतिपय कांग्रेसीहरुले आज जिल्लाजिल्लामा देउवाको भूत नचाएका छन् ।

आज उनीहरु आफ्ना खल्तीका 'सुगा'हरु । आफ्नो जीवन गुजरा चलाइदिने 'ठेकेदारहरु' र 'व्यापारीहरु' अनि 'भाइभतिजा' र 'श्रीमती' या 'गलफ्रेड'लाई  वडा अध्यक्ष देखि महानगरसम्मका उम्मेदवार बनाउन  सफल भएका छन् । 

आज उनीहरु आफ्ना खल्तीका 'सुगा'हरु । आफ्नो जीवन गुजरा चलाइदिने 'ठेकेदारहरु' र 'व्यापारीहरु' अनि 'भाइभतिजा' र 'श्रीमती' या 'गलफ्रेड'लाई  वडा अध्यक्ष देखि महानगरसम्मका उम्मेदवार बनाउन  सफल भएका छन् । 

देउवा नेतृत्वको कांग्रेस पार्टीलाई कांग्रेस चाहिएकै छैन । व्यक्ति चाहिएको छ । यो ढंगको. राजनीतिक हर्कत गर्ने देउवाले कांग्रेसलाई समाप्त पारिरहदा टुलुटुलु हेरेर बस्ने अन्य नेता कार्यकर्तालाई भवी पुस्ताले सराप्ने मात्रै छैनन् । यो अपराधको साथी भएका कारण बयान पनि लिनेछन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै