भद्रकुमारी घले नेपाली साहित्य र राजनीतिमा परिचित नाम हो । पूर्वमन्त्री समेत रहेकी घले चित्रकलामा समेत अब्बल छिन् । ९२ वर्षको उमेरमा पनि साहित्य, र समाजसेवामा सक्रिय घलेले भखरै मात्र एकैपटक १५१ वटा पुस्तक १५१ जना महिलाको हातबाट सार्वजनिक गरिन् । हालसम्म उनका २९२ पुस्तक प्रकाशन भइसकेका छन् । भने अझै १०० वटा भन्दा बढी पुस्तक प्रकाशनको तयारी अवस्थामा छन् । बुढ्यौली शरीरले बढी आराम खोज्छ । तर उनी आराम कम काम बढी गर्छिन । बाल्य र युवाअवस्थाका बानीहरु जसले उनलाई नेपाली समाज र इतिहासमा चिनाउन सहयोग गर्यो त्यसलाई उनले अझैपनि अँगालेकी छिन् । राजनीतिक जीवनका बेला जनताको सेवामा व्यस्त भएकी घले अहिले भने आफ्नो भावना, विचार र आफ्नो बुढ्यौली समयका बारेमा लेखन र विभिन्न साहित्यकारहरुको पुस्तक पढ्नमा व्यस्त छिन् । साहित्यमा पनि उनी कविता, निबन्ध ,भजन र गीत लेखनमा बढी रुची राख्छिन् ।
प्रस्तुत छ ९२ वर्षको उमेरमा पनि नेपालको इतिहास रच्ने उद्देश्यसहित जोश,जागर र विश्वास लिएर निरन्तर अघि बढिरहेकी घलेसँग खुलामत्तचका लागि मुना बोहोराले गरेको कुराकानी :
९२ बर्षको उमेरमा पनि निरन्तर साधनामा हुनुहुन्छ ,तपाईंको खानपान र दैनिकी कस्तो छ ?
म अपरान्ह ४ बजे नै ओछ्यानमा पुग्छु । २ घण्टासम्म आफूलाई मन लागेका किताबहरु पढ्छु । साहित्य लेख्छु । त्यसपछि साढे ६ बजेतिर (सूर्य डुबेपछि) सुत्छु । मलाई निन्द्रराम्रो सँग लाग्छ ।
राति १ बजे उठ्छु , हातमुख धोएर केही समय ध्यान गर्छु । बिहान र दिउँसो विभिन्न व्यक्तिहरु भेट्न आउनुका साथै फोनहरु आइरहेकाले लेख्न र पढ्नमा बाधा पर्छ । त्यसैले १ बजे उठेपछि आफ्नो लेखन र अध्ययनमा लाग्छु । कसैले बाधा नगर्ने र सुनसान हुने भएकाले म विद्यार्थी कालदेखिनै राति उठेर पढ्थे ।
अब खानपानको कुरा गर्दा म बिहान थोरै मात्रामा साधारण दाल भात र तरकारी खान्छु । दाल नभए कुनै एक गिलास सुप साथमा मूला, गाजर र चाना खान्छु । त्यस्तै दिनको एक प्याकेट दूध छुटाउँदिन । मेरो दूध हालेको चिया पिउने बानी छ । दिउँसो मौसम अनुसारका फलफूल खान्छु । त्यसपछि ४ बजे नै रोटी र तरकारी नभए चाउचाउ खान्छु । त्यसपछि म केही पनि खादिन ।
दिनको एउटा भजन लेख्छु । ४ -४ लाइनको । ३२ लाइन कविता लेख्छु । मसँग ४ वटा रजिष्टर छन । एउटामा आफ्नो बुढ्यौलीका गन्थन लेख्ने ,अर्कोमा देश विदेशमा घटेका घटना त्यस्तै अर्कोमा कविता र अर्कोमा भजनहरु लेख्छु ।
लेखकहरुलाई पनि आफूले लेखेका लेखहरुको साह्रै माया हुने रहेछ । पढ्नेलाई उपदेश होस् कि नहोस् तर आफूलाई माया हुँदो रहेछ ।
मैले जति साहित्यको अध्ययन गर्नुपर्ने हो अथवा अरुका साहित्य पढेर जुन प्रकारले आफ्नो विकास गर्नु पर्ने हो , मैले त्यस्तो मौका पाइन लेख्न थाले पछि लेख्ने मात्रै भयो । बरु आजभोलि पो म अरुका साहित्य पनि पढिरहेकी छु ।
तपाईको साहित्य लेखन कसरी सुरु भयो ?
२००४ सालमा गान्धी आश्रममा गए देखि नै मेरो साहित्य लेखन सुरु भएको हो । त्यहाँ सबैलाई आफ्नै रचनाहरु प्रस्तुत गर्न लाइन्थो । मैले पनि त्यहाँ एउटा अनमेल विवाह ९५–६० वर्षकी केटी बुढोसँग विवाह भएको विषयमा नाटक देखाए । साथै विभिन्न गीत कविताहरु रचना गरेर सुनाए । यसरी साहित्यको थालनी त भयो तर मलाई आफैँलाई कविता भनेको के हो भन्ने थाहा थिएन। २ वर्ष पछि कृष्णचन्द्र दाई जानुभयो र साहित्य के हो ? सिकाउनु भयो । उहाँले हामी भन्ने पत्रिका निकाल्नु भयो । त्यसपछि मैले पनि साहित्यबारे बुझे । तर पछि नेपाल आएपछि जब म माननीनय भए । त्यसपछि राजनीति भित्रका काममा व्यस्त भए । एउटा पनि किताब छपाउन सकिन ।
३६ सालमा वर्गीय संघठन बन्द गरे पछि सिन्धुलीको जिल्ला प्रतिनिधि भए । त्यसपछि २०४५ साल देखि मैले किताब छपाउन थाले ।
भर्खरै विमोचन भएका १५१ समेत जोडेर । अहिलेसम्म २९२ किताब प्रकाशित भएका छन् । एउटा –एउटा किताब लेख्दा खर्च पनि बढी हुने ,विमोचनका लागि मानिसहरु बोलाउनुपर्ने समय पनि धेरै जाने र झन्झट पनि बढी हुने भनेर एकैपटक विमोचन गरेको । यो भन्दा अगाडी पनि मैले एकै पटक ४९ वटा किताव विमोचन गरेकी हुँ । महिनामा ३०–३५ वटा कविता ,भजन, निवन्ध लेख्छु । यसरी लेखेका लेख रचनालाई एकैपटक पुस्तकमा उतारेकी हुँ ।
अहिले पनि मसँग कविता,भजन गरेर १०० वटा पुस्तक पुग्ने लेख, रचनाहरु तयारी अवस्थामा छन् । जसरी आफूले जन्माएको बच्चाहरु आमालाई अति माया हुन्छ । त्यसैगरी हामी लेखकहरुलाई पनि आफूले लेखेका लेखहरुको साह्रै माया हुने रहेछ । पढ्नेलाई उपदेश होस् कि नहोस् तर आफूलाई माया हुँदो रहेछ । जब मसँग क्षमता,तागत छ । भने म किन यसलाई नछपाऔँ ? इतिहास पनि त राख्नुप्यो साहित्यमा । एकैपटक एउटा व्यक्तिले १५१ वटा पुस्तक विमोचन गर्नु चानचुने कुरा हैन । यसमा मैले जसरी आफ्नो मेहनत खर्चेर लेखेको छु, त्यसको नेपाली साहित्यमा इतिहास बन्नेछ ।
महिलाले परिवारको रेखदेख गरेर पनि समाजमा नेतृत्व गर्न सक्छन् । यसलाई दोहोरो मार भन्दा पनि गर्वको कुरा मान्नु पर्छ ।
नेपाली साहित्यको अवश्था कस्ता छ, के सुधार गर्नुपर्छ ?
साहित्य समाज र मानवताको एउटा इतिहास हो । बाटो देखाउने क्षेत्र पनि हो । र त्यसैलाई हेरेर कुन देश कस्तो अवश्थामा छ ,भनेर अध्ययन गर्ने मानिसहरुले अध्ययन गर्ने हो । साहित्यले मानिसको जीवनमा र समाज परिवर्तनमा भूभिका खेल्छ । साहित्यले व्यक्ति,समाज, मानवता र पूर्ण राष्ट्रको अध्ययन गर्न पनि सघाउँछ ।
साहित्य मानिसको जीवनको ऐना जस्तै हो । जसलाई ऐना हेरेपछि आफ्नो रुप छर्लङग देखिन्छ। त्यस्तै साहित्य हेरेपछि त्यस राष्ट्रको परम्परा समाज,संस्कार, संस्कृति,प्रविधिलगायत सम्रग व्यवस्था कस्तो छ भनेर थाहा पाइन्छ । आजको साहित्यमा धेरै परिवर्तन र प्रगति भएका छन्। साहित्यका हरेक विधामा महिलाहरु छन्यो । यो अत्यन्तै खुसी र गौरवको कुरा हो । म अहिले पनि कुन पत्रिकामा महिला लेखिकाहरुको लेख आएका छन् भनेर हेर्छु ।
नेपाली साहित्यमा महिलाको अवस्था कस्तो छ ?
विगतका तुलनामा हेर्ने हो, भने महिला हरेक क्षेत्रमा अगाडी छन् ।साहित्य क्षेत्रमा मात्रै हैन हरेक क्षेत्रमा महिलाहरु अगाडी बढेका छन् । देशको परिस्थितले गर्दा पुरुषहरु विदेशिएका छन् । उनीहरु विदेश गए पनि महिलाहरुले घर व्यवहार देखि लिएर सबैकुरा धानेका छन् ।
महिलाले गोरु जोत्ने, आरन चलाउने देखि लिएर राष्ट्रपति जस्तो उच्च स्थानको पनि नेतृत्व गरिरहेका छन् । महिलाले चाहे भने सबै थोक गर्न सक्छन् ।
सबै पदहरुमा आफ्ना मान्छेलाई मात्रै राख्ने परिपार्टीले गर्दा राजनीति फोहोर भएको छ ।
नेपाली महिलाले घर सम्हाल्नु पनि पर्ने र बाहिरका काम, पनि दोहोरो भूभिका निर्वाह गर्नुपरिरहेको छ ,पनि भनिन्छ नि ?
यसलाई हामीले दोहोरो मार भन्न मिल्दैन । हाम्रो राष्ट्रको के कसरी विकास हुँदै गएको छ । सोही अनुसार हाम्रो पनि विकास हुने हो । देशको आर्थिक,राजनीतिक,सामाजिक ,परम्परा, सांस्कृतिक, प्रविधि लगायतका विभिन्न कुराहरुको कारण नै देशका नागरिकले समस्या भोग्नुपरेको हो।
महिला समाजको सृष्ट्रिकर्ता हुन ।अरुले जे भन्यो त्यहीँ गर्दा आफ्नो मान, प्रतिष्ठा र महिलाको जीवन नै कमजोर भएको हो । कतिपय पुरुषहरुले महिललाई आफ्नो आवश्यकता पूरा गर्ने साधनका रुपमा मात्रै लिएका कारण पनि महिला समाजबाट पछाडी पर्नुपर्ने स्थित भएको हो । समाजको आमा रहेकी नारीलाई एउटा झुम्रो बनाएको प्रति मेरो असन्तुष्टि र खबरदारी छ ।
महिलाले परिवारको रेखदेख गरेर पनि समाजमा नेतृत्व गर्न सक्छन् । यसलाई दोहोरो मार भन्दा पनि गर्वको कुरा मान्नु पर्छ ।
जस्तो चाह्यो त्यस्तै जीवन बनाउन सक्ने क्षमता छ,मान्छेमा । तर आफ्नो क्षमताको उपयोग हामीले गरेका छैनौँ । नचाहिँने काममा दिमाग लगाएका छौँ । ,नचाहिँदो बाटो हिडेका छौ । नचाहिँदो कुरा आएका छौँ। चाहिँने कुरा खाएर चाहिँदो ढङ्गले हिँड्यौ भने जीवन सुन्दर छ ।
तपाईं त पूर्व मन्त्री पनि हुनुहुन्छ, देशको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
आज म नेता नै देख्दिन । देश हाक्ने मैले एउटै नेता देखेकी छु उहाँ राजा महेन्द्र हो । जसले जनताको प्रत्येक घर–घरमा गएर समस्या बुझ्नु भएको थियो । राजनीतिज्ञहरुले जसरी देशलाई हाक्नु पथ्र्यो त्यसरी हाकेका छैनन् ।
आजको राजनीति आफूमुखी भएको छ । देशमुखी भएका छैन् । सबै पदहरुमा आफ्ना मान्छेलाई मात्रै राख्ने परिपार्टीले गर्दा राजनीति फोहोर भएको छ । हरेक क्षेत्रले नेपाल सम्पन्न छ तर यसको उपयोग गर्न सकेका छैनौ । जसका कारणदेश पछाडी परिरहेको छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
९२ बर्षको उमेरमा आए पछि जीवन के रहेछ जस्तो लाग्छ ?
जस्तो चाह्यो त्यस्तै जीवन बनाउन सक्ने क्षमता छ,मान्छेमा । तर आफ्नो क्षमताको उपयोग हामीले गरेका छैनौँ । नचाहिँने काममा दिमाग लगाएका छौँ । ,नचाहिँदो बाटो हिडेका छौ । नचाहिँदो कुरा आएका छौँ। चाहिँने कुरा खाएर चाहिँदो ढङ्गले हिँड्यौ भने जीवन सुन्दर छ । मान्छे भएर जन्मेपछि मान्छे जस्तो भएर बाच्नु पर्छ । र मान्छेको व्यवहार गर्नुपर्छ । मान्छे हुनु भनेको , सच्चा चरित्रमा रहनु आफूलाई सुद्ध राख्नु , सत्य बोल्नु, सबैको सहयोगी बन्नु हो । अरुलाई दुःख दिनुहुँदैन ।मरेर गए पनि राम्रो काम गर्ने मान्छे बाचिरहन्छन् । त्यसैले हामी सबैले राम्रो काम गरौँ ।
Good job munaaji. Ur realy journalist .
मुनाका कविता लेख र अन्तरवार्ता मन पर्छ। हजुरआमका कुर गजब
९२ वर्षको उमेरमा यस्तो सक्रियता Thank you khulamabcha
पत्रकार मुनाजी का प्रश्न राम्रा जवाफ ठिकै
good job.intresting views ...