काठमाडौंः पशुपतिनाथ मन्दिरमा व्रतबन्ध तथा हिन्दू संस्कारअनुसारको कर्मकाण्ड गराउनेहरुको अत्याधिक भीड लागेको देखिन्छ ।
व्रतबन्धका लागि आज (शुक्रबार ) उत्तम तिथि परेकाले पशुपतिनाथ मन्दिरमा बिहान ६ बजेदेखि नै सामूहिक तथा एकल व्रतबन्ध गराउने सहितका कर्मकाण्ड गराउनेहरुको भीड लागेको थियो । छोराको व्रतबन्ध गराउन गएका आमा–बुबा र आफ्न्तहरुले छोरासँगै सामूहिक व्रतबन्धमा सहभागी भएका विभिन्न ठाउँका बटुकहरुलाई भिक्षा दिएका थिए ।
सामूहिक व्रतबन्धमा ७ वर्षका साना बालकदेखि देखि २० वर्षमाथिका युवकहरु सहभागी थिए । जसले व्रतबन्धमा भिक्षा दिन सहभागी भएका सबैलाई आकर्षित गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले विभिन्न कर्मकाण्डका लागि फरक–फरक शुल्क निधारण गरेको छ । जसअनुसार मानिसहरुले आफूले सक्ने शुल्क तिरेर कर्मकाण्ड गराउछन् ।
पछिल्लो समय बढ्दै गएको महँगी,विभिन्न जिल्ला घरभइ हाल काठमाडौं उपत्यका बसोबार गर्दैै आएका मानिसहरुले समय र सहजताका लागि मन्दिरहरुमा व्रतबन्ध गराउने प्रचलन बढेसँगै
पशुपतिनाथमा पनि एकल तथा सामूहिक व्रतबन्ध गराउनेहरु बढेका हुन् ।
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि जनै धारण प्रक्रिया रहेका छन् ।
कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरुले बालकलाई गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।
राम्रो । हाम्रो संस्कृति