इम्पोलीलाई  इम्पोलीलाई इन्टर मिलान शीर्षस्थानमा 

युभेन्ट्स जेनोयासंग पराजित 

काठमाडौंः इटालियन सिरी ए  फुटबल अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । 

घरेलु मैदानमा भएको खेलमा  इम्पोलीलाई ४–२ अन्तरले पराजित गर्दै इन्टर मिलान शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल  तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे । जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा युभेन्ट्स जेनोयासंग पराजित भयो ।  युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा जेनोयासंग २–१ अन्तरले पराजित भएको हो । 

खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, अन्तिम तीन मिनेट सम्मालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो । पराजित युभेन्ट्स तेस्रो स्थानमा उक्लन असफल भयो । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै