काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला 
 ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

ad

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो ।

 यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । हिजो तोलामा १२ सय ८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै