काठमाडौंः साताको दोस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
आज नेप्से १२.२७ अंकले बढेर २२६८.८४ अंकमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.१२ अंकले बढेर ४३९.४७ अंकमा पुगेको छ ।
यसदिन विभिन्न २३३ कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता सेयर १ अर्ब ३९ करोड ६० लाख ७ हजार ७०२ रुपैयाँमा कारोबार भएको छ ।
आज कारोबारमा १३ उपसूचकमध्ये ४ उपसूचक घटेका छन् भने ९ उपसूचक बढेका छन् । जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकममा आधारमा नेपाल दूरसञ्चार कम्पनी ७ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित पहिलो स्थानमा रहेको छ । एनआईसी एसिया बैंकको ५ करोड ४९ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ९६ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया थप्नुहोस्