काठमाडौंः नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो यो सुन प्रतितोला ९८ हजार ७०० रुपैयँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० । यसको मूल्य हिजो प्रतितोला ९८ हजार २०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला दश रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्