आज देखि ६ दिन सम्म देशैभरका विद्यालयहरु बन्द 

काठमाडौंः  आजदेखि  देशैभरका  विद्यालयहरु ६ दिनसम्म बन्द हुने भएका छन् । स्थानीय तह  निर्वाचनका लागि सरकारले विद्यालयहरु बन्द गराएको हो ।  

धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको र  कतिपय शिक्षकहरु निर्वाचनमा खटिएका  कारणा सरकारले ६ दिन विद्यालयहरु बन्द गराएको हो । 

ad

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । विद्यालयहरु बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको संख्या आजबाट बढेको छ ।

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै