जेठ १ गते देखि विद्यालयमा सातामा दुई दिन विदा 

काठमाडौं : जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा हुने भएका छन्।बुधबार बसेको शिक्षा मन्त्रालयको बैठकले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो ।

यो व्यवस्था लागु गरेसंगै शुक्रबार आधा छुट्टीको दिने व्यवस्था हट्ने भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द हुने जानकारी दिएका छन् । 
त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै