काठमाडौं : नेपाल भित्रने रेमिट्यान्स घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया थप्नुहोस्