काठमाडौंः नेपालमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया थप्नुहोस्