बुद्धिजीवी र श्रमजीवी

दीपक खनाल
१ 
बुद्धिजीवी
सबेरै सुत्छ 
अबेरै उठ्छ
भट्टी जान्छ
चुरोट, रक्सी तान्छ 
गफ हान्दछ
भनेको मान्दछ
तरिका मिलाउन जान्दछ 
भजन गाउँछ 
फूर्ति लाउँछ
खुट्टा छुन्छ 
कहिले यताको मान्छे हुन्छ 
कहिले उताको मान्छे हुन्छ
लिनुसम्म फाइदा लिन्छ
शक्ति सन्तुलन बिग्रेपछि 
फेरि अन्तै हिड्छ
अगाडि बोल्न डराउँछ 
युट्युबमा मात्र कराउँछ   
कहिले बालकोट धाउँछ 
कहिले खुमलटार आउँछ
कहिले बुढानिलकण्ठ हानिन्छ 
कहिले बालुवाटार तानिन्छ ।
भाषण गर्छ, शासन गर्छ 
के के पिलाउँछ
ठेक्कापट्टा  मिलाउँछ
के के खिलाउँछ 
के के दिलाउँछ रु 
किनकि 
ऊ ठुलो मान्छे 
अर्थात् बुद्धिजीवी हो ।  

श्रमजीवी
अबेरै सुत्छ 
सबेरै  उठ्छ 
गोबर फाल्छ
घाँस काट्छ,
मेलापात जान्छ
भट्टी जाँदैन 
चुरोट रक्सी तान्दैन  
गफ हान्दैन
ठगी गर्न जान्दैन
भनेको मान्दैन
भजन गाउँदैन
फूर्ति लाउँदैन
खुट्टा छुँदैन । 
कहिले यताको 
कहिले उताको हुँदैन । 
कुनै फाइदा लिँदैन । 
अन्त हिड्दैन
बोल्न डराउँदैन 
युट्युबमा कराउँदैन ।
बालकोट धाउँदैन
खुमलटार आउँदैन
बुढानिलकण्ठ हानिन्न 
बालुवाटार तानिन्न ।
भाषण गर्दैन, शासन गर्दैन 
केही पिलाउँदैन
ठेक्कापट्टा  मिलाउँदैन 
किनकि 
ऊ सानो मान्छे 
अर्थात् श्रमजीवी हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै