काठमाडौं : नइ प्रकाशनले नेपाली समाजमा विशेष योगदान पुर्याउने विभिन्न क्षेत्रका आठ जनालाई पुरस्कृत गर्ने भएको छ ।
प्रकाशनले शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको'नइ देरुनीख सुकीर्ति पुरस्कार', प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ प्रदान गर्ने निणर्य नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको  बैठकले  गरेको हो ।  

प्रकाशनले  नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित भए वापत शिक्षाविद् डा.शर्मालाई,सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील भए वापत प्रा.डा.भट्टराईलाई,नेपालको स्वाभिमान,राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदान गरे वापत रिसाललार्ई प्रदान गर्ने भएको हो।

ad

यसैगरी सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाएर नेपाली कलालाई उच्च बनाए वापत  पन्तलाई,नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा.डा. श्रेष्ठलाई,स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुतर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदान खेले वापत डा. रिजाललाई, गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल भए वापत नन्दनलाई र मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेले वापत डा. राकेशलाई  यी पुरस्कार समर्पण गर्ने  निणर्य नइ प्रकाशनको अ बैठकले  गरेको हो ।  

पुरस्कृत सबै स्रष्टाहरुलाई ताम्रपत्र सहित जनही एक लाख रूपियाँ राशि सहितको पुरस्कार रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै