काठमाडौं: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको बताएका छन् ।
थपलियाले मतदानको समय ५ बजेसम्ममा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको बताएका हुन । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताए छन् ।
प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आजै ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने बताएका छन् । उनले मतगणनाको सम्पूर्ण नतिजा ५ दिनभित्र आउने समेत बताए ।
प्रतिक्रिया थप्नुहोस्