गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र ९सिद्धकाली मावि०मा एक अज्ञात व्यक्तिले गोली चलाएको छ ।८० जना भन्दा बढी मतदाता लाइनमा बसेको अवस्थामा गोली चलेको हो।
मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवादका कारण तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको हो।
निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
२२ वर्षीया मनिषा थापालाई गोली लागेको छ। उनको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया थप्नुहोस्