रौतहट : रौतहटमा स्थानीय तहको निर्वाचनका लागि भएको मतदान गरिएका मतपेटीका लुटिएका छन् । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएका हुन । मतदान केन्द्र कब्जामा लिएर एक समुहले मतपेटिका नै लुटपाट गरेको हो ।
यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्