श्रीलङ्काको  धराशयी भएको छ, पेट्रोल पम्पमा लाइन बस्दा धेरैले ज्यान गुमाए :नवनियुक्त  प्रधानमन्त्री  विक्रमासिङ्घे

श्रीलङ्काका नवनिर्वाचित प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्र धराशयी भएको बताएका छन् । उनले देशमा जनताको समस्या र अशान्ति निम्त्याएको आर्थिक संकट सुध्रनुअघि नै बिग्रिने बताएका छन् ।छैटौं पटक देशको प्रधानमन्त्री बनेका विक्रमासिङ्घेले सरकारले  संकटसँग जुध्न खोजेको पनि त्यसको विरुद्धमा जनता आक्रोशित र हिंसात्मक प्रदर्शन भएको बताएका छन् ।

उनले  कतिपय श्रीलङ्काली नागरिकले खानासमेत पाइरहेका छैनन् ।प्रधानमन्त्री विक्रमासिङ्घेले पदभार ग्रहण गरेपछि बीबीसीसंगको  अन्तरवार्तामा उनले श्रीलङ्काका जनतालाई दिनमा तीन पटकको खाना उपलब्ध गराउने आफूले सुनिश्चित गर्ने  बताएका छन् ।

ad

उनले अन्तरवार्तामा श्रीलङ्काको अर्थतन्त्र निरन्तर ओरालो लागेको , खाद्यवस्तु, इन्धन र औषधि या त उपलब्ध नभएको ,जनताको आर्थिक पहुँच बाहिर भएका छन् बताएका छन् । उनले  पेट्रोल पम्पमा तेल भर्न लाइनमा बस्दा धेरैले ज्यान गुमाएक  बताएका छन् ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीको सपथ ग्रहण गराए पनि उनी राजनीतिक रूपमा शक्तिशाली राजापाक्षे परिवारसँग नजिक रहेकाले उनको नियुक्तिप्रति असन्तुष्टि छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै