काठमाडौंः काठमाडौं महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् ।

राष्ट्रियसभा गृहमा १०० मत गन्दा बालेनले २२ मत प्राप्त गरेका छन् ।

ad

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी छ । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै