झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले उम्मेदवारको अग्रता कायमै छ।
प्रारम्भिक नतिजा अनुसार एमालेका मेयरका उम्मेदवार गीता अधिकारीले २१६ मतसहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १८३ मत पाएका छन् । दमक–१ बाट मत गणना सुरु भएको हो ।
उपमेयरमा एमाले र गठबन्धनको उम्मेदवारले बराबरी मत ल्याएका छन् । एमाले उम्मेद्वार अम्बिका खनालले १९३ मत ल्याउँदा गठबन्धनकी रेगिना भट्टराईले पनि १९३ मत पाएकी छन् ।
प्रतिक्रिया थप्नुहोस्