मतपत्रमा हस्ताक्षर नभेटिएपछि ललितपुको महाङ्कालमा मतगणना स्थगित

ललितपुरः जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ । 

एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन्। केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ थियो  । 

ad

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० (७७.९६ प्रतिशत) मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो । हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै