काठमाडौंः काठमाडौं महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् ।
राष्ट्रियसभा गृहमा जारी मतगणना अनुसार साहले ७७ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापित ४४ मतसहित दोस्रो स्थानमा रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ४२ मतसहित तेस्रो स्थानमा छिन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी छ । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
प्रतिक्रिया थप्नुहोस्