प्युठानः प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।
राउत ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल) ले ७ सय ११ मत पाए ।
यस्तै, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
हालसम्मको मतगणना अनुसार उक्त नगरपालिकाको मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता रहेको छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्