कास्कीः पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् ।
जारी मतगणनामाआचार्यले ४०४१ प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मतसहित उनलाई पछ्याइरहेका छन् भने राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेल (गनेस) ले २३२ मत पाएका छन् ।
उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।
प्रतिक्रिया थप्नुहोस्