चितवनः भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । 

१३ हजार ७६५ मतगणना हुँदा सुवेदीले ४६ सय ८८ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेनु दाहालले ४६ सय २० मत ल्याएकी छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले दुई हजार ७४ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ५४ सय ८२ मतसहित अग्रता लिएका छन् । राप्रपाकी उमेदवार हिमला गुरुङले ३७ सय २५ मत पाएकी छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै