निर्वाचन सूचनामा प्रश्न उठ्ने गरी विराटनगर महानगरपालिकामा अत्याधिक मत बदर

विराटनगर :  विराटनगर  महानगरपालिकामा प्रमुख तथा उपप्रमुख पदको मत बदरको संख्याले निर्वाचन आयोगको सूचना र सन्देशमाथि प्रश्न उठाइदिएको छ ।  विराटनगर  महानगरपालिकामा  हालसम्म गणना भएको ३१ हजार ४ सय ५ मतपत्रमध्ये प्रमुख पदको  ८ हजार ४ सय ३२ मत बदर भएको छ । यो २६.८५ प्रतिशत हो ।

यस्तै उपप्रमुख पदको  १२ हजार ४ सय २२ मत बदर भएको छ । यो ३९.५५ प्रतिशत हो ।
धेरै उम्मेदवार भएका कारण निकै लामो मतपत्रमा धेरै संख्यामा रहेका चुनाव चिन्नले गर्दा मतदातामा अन्योल देखिएको राजनीतिक विश्लेषक विश्व सिग्देल बताउँछन् ।

निर्वाचन आयोगले मतदान प्रक्रियाका बारेमा राम्रो शिक्षा दिन नसकेका कारण विराटनगर महानगरपालिकामा अत्याधिक मत बदर भएको दलहरुको गुनासो रहेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै