सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टाइदियो

विराटनगर : महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपेका सिद्धबाबा रामकृष्णचार्यलाई  जिल्ला अदालतले दिएको सफाइलाई  उच्च अदालतले उल्टाइदिएको छ । एक २९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपेका  उनलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसलालाई  उल्टाइदिएको हो । इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न र थप  प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको छ ।

प्रतिवादी गिरीले पनि पुस २२ गते आफू साधारण तारेखमा बसेर मुद्दाको छिनोफानो होस् भन्दै उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । उनले धरौटी लिने जिल्ला अदालतको आदेश खारेज गर्नुपर्ने माग निवेदनमा गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै