जुम्लाः जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको गरेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार नन्दप्रसाद चौलार्गाले २३२० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विरकहादुर कुँवरले एक हजार ८०६ मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रकी रेवती रावलले दुई हजार ७५८ मतका साथ विजयी हुँदा कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३१२ मत ल्याएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । नेकपा एमालेका सुरतबहादुर शाहीले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया थप्नुहोस्