स्याङ्जाः स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र उपप्रमुखमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएका हुन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएकी निवर्तमान नगरप्रमुख सीमाकुमारी क्षेत्रीलाई २४०४ मतले पराजित गर्दै रेग्मी प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। रेग्मीले १२ हजार ४९४ मत प्राप्त गरेका छन् भने क्षेत्रीले १० हजार ९० मत ल्याइन्।

विसं २०७४ को निर्वाचनमा नगरप्रमुखमा उनीहरु दुवै जना प्रतिस्पर्धी रहँदा क्षेत्री विजयी भएका थिए भने यसपटक रेग्मी विजयी भएकी हुन् ।

त्यस्तै उपप्रमुखमा निवर्तमान उपप्रमुख रहेका एमालेका महेश पुरीलाई ९८७ मतले पछाडि पार्दै कांग्रेसकी देवी अर्याल विजयी भइन् । विजयी अर्यालले ११ हजार ७४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी पुरीले १० हजार ७६१ मत प्राप्त रे । यसअघिको २०५४ सालको निर्वाचनदेखि निरन्तर रुपमा प्रमुख, उपप्रमुख र बहुमत वडाध्यक्ष विजयी हुँदै आएको एमाले बलियो रहेको पुतलीबजार यसपटक कांग्रेसको पोल्टामा गएको हो ।

यसपटक कांग्रेसले वडा नं १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा जीत दर्ता गर्दै गर्दा एमाले २, ६, ९, १२ र १३ मा विजयी भएको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै