सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँ जान कति?  

काठमाडौंः यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ। 

विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

यस्तो छ, नयाँ भाडादर

p

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै