डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटीः डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहेकी कलावती महर ९साउद० निर्वाचित भएका छन् । विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो । 

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३५१५ मत प्राप्त गरेका छन् । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउद (केबी) ले एक हजार ९८३ मत प्राप्त गरेका छन् । राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बनेका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् । 

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट्) ले ५७८ मत प्राप्त गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै