मध्यपुर थिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा  नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ विजयी बनेका छन् ।  सुरेन्द्रले  एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठलाई हराएर विजयी बनेका हुन ।  सुरेन्द्र १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी  मदनसुन्दर ११ हजार ३५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याएर पराजित भइन् ।

प्रमुखमा विजयी बनेका  सुरेन्द्र र पराजित मदनसुन्दर नाताल जेठान-ज्वाइँ हुन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै