दरबार हत्याकाण्ड : देशमा कोही सुरक्षित छैन् !

राज वीरेन्द्र सहित १० जनाको एकै ठाउँमा हत्या भएको दिन लाई नेपाली समाजले कहिल्यै विर्सन सक्दैन । सैनिक सुरक्षा घेरामा रहेका राजा वीरेन्द्रको बंश नै समाप्त गर्ने गरी भएको उक्त हत्याकाण्डका बारेमा आज पनि सार्वजनिक सत्यतथ्यप्रति आशंका गरिन्छ । तथापि  राजपरिवारको हत्या काण्डमाथि  छानविन गर्न   तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए । उक्त प्रतिवेदनमाथि आमसर्वसाधारण चर्को आलोचना पनि गरे । 

दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण 'मैले देखेको दरबार' मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ।

यस्तै भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक 'दरबारको दुस्खान्त, राजपरिवार र संहारस् मैले जसरी देखेँ' मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको उल्लेख गरिएको छ ।

पारिवारिक जमघटका बेला भएको उक्त हत्याकाण्डमा  राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

प्रतिवेदनले राजपरिवारका सदस्यहरुलाई गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताएको थियो । गम्भीर अवस्थामा  अस्पतालमा  रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। 

राजा वीरेन्द्र सबैका प्रियमात्रै थिएनन् साझा पनि थिए । तथापि माओवादलिे गणतन्त्रको माग गर्दै जनयुद्ध गरिरहेको थियो । माओवादी नेताहरु नै पनि वीरेन्द्रको कार्यशैलीप्रति नरम थिए भनिन्छ । उनीहरु रवीरेन्द्रलाई कुनै स्थान दिएर युद्धको अन्त्य गर्ने तयारीमा समेत थिए पनि भनिन्छन । यसबाट पनि के बुझिन्छ , भने राजा वीरेन्द्रप्रति सबै सकरात्मक थिए । 

उनको वंश नै अन्त्य गर्ने गरी भएको हत्यामा अनेकन राजनीतिक विषय पनि जोडिन सक्छन् । देशका लागि अडान लिन सक्ने राजा वीरेन्द्रले नेपाललाई शान्ति  क्षेत्र घोषणा गराउन खेलेको भूमिका र चीनसंगको मित्रतालाई प्रकाढ बनाउन गरेको मेहनतका कारण पनि उनको हत्या भएको बताउनेहरु पनि छन् । राजा वीरेन्द्रको वंश विकानशले मुलुकलाई सोझै गणतन्त्रमा लग्यो । ज्ञानेन्द्रका विगतका हर्कतका कारण उनलाई राजा मानिरहन नेपाली जनता तयार थिएनन् ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डको  यो घटनामाथि देशको सरकार गम्भीर बनेर सत्य तत्थ्य सार्वजनिक गर्न तर्फ लागेन भने यस्ता  घटनाहरुले निरन्तरता पाउने र जो कोही पनि सुरक्षित नहुने अवस्था आउन सक्छ । अथवा आएको छ ।

प्राप्त प्रतिकृयाहरू

रुपा संग्रौला लेख्नुहुन्छ (२०७९ जेठ २० शुक्रबार १:२४ pm )

'दरबार हत्याकाण्डको यो घटनामाथि देशको सरकार गम्भीर बनेर सत्य तत्थ्य सार्वजनिक गर्न तर्फ लागेन भने यस्ता घटनाहरुले निरन्तरता पाउने र जो कोही पनि सुरक्षित नहुने अवस्था आउन सक्छ । अथवा आएको छ ।'राम्रो कुरा लेख्नु भयो मुनाजी

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै