दक्षिणी चिलीमा पाँच हजार वर्ष पुरानो रुख फेला परेको छ । एउटा लामो अध्ययनले उक्त रुखलाई संसारकै सबैभन्दा पुरानो रूख भएको बताएको छ । निकै ठूलो फेद भएको रुखको वास्तविक उमेर अबधि अध्ययन कर्ताले पत्ता लगाउन नसकेको बताइएको छ ।
का कारण वैज्ञानिकहरूको एक टोलीले गरेको अध्ययनले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको बताएको छ । अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले आफूहरूले निकालेको नमूना र मितिका विधिले रुख ५ हजार वर्ष पुरानो भएको बताएका छन् ।
एलर्स मिलेनारियो नामबाट चिनिने उक्त रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ । यसअघि क्यालिफोर्नियाको ४ हजार ८५३ वर्ष पुरानो सल्लालाई अहिलेसम्मकै पुरानो रुख भनिएको थियो । चिलीमा भेटिएको उक्त रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको वैज्ञानिकहरुले बताएका छन् ।
प्रतिक्रिया थप्नुहोस्