भारतीय एक किशोरीले आफुले आफैसंग विवाह गर्न लागेको सार्वजनिक गरेकी छिन् । विन्दु नाम गरेकी २४ वर्षिया ती  युवतीले आफ्नो व्लग मार्फत यस्तो जानकारी दिएकी हुन । 

उनले हिन्दू परम्परा अनुसार आफैसंग विवाह गर्दैछिन् । उनले आफ्ना हातमा मेहन्दी र सिउँदोमा सिन्दुर लगाएर दुलहीको पहिरनमा  पवित्र अग्निकुण्ड वरपर सात फेरा लगाउन भएकी छिन् । 
  

विवाहको एकदिन अघि दुलहीको शरीरमा तेल र वेसार मिसाएर लगाइने (हल्दी) र नाचगान कार्यक्रमलाई पनि उनले गर्ने बताएकी छिन् ।  आफैंसँग विवाह गरेकी उनी मधुमास मनाउन दुई साताका लागि गोवा पुग्ने तयारीमा छिन् ।  
 
समाजशास्त्रकी विद्यार्थी   विन्दुले  ब्लगमा लेखेकी छिन् “धेरैले म निकै महत्वपूर्ण रहेको बताउँछन् । मैले तिनीहरूलाई आफैंसँग विवाह गरेर मैले मेरै हात थाम्न लागेको हुँ । मैले जीवन स्व–प्रेममा समर्पण गर्नेछु । मैले वास्तवमा मेरा सबै शारीरिक तथा मानसिक वा भावनात्मक कमजोरी स्वीकार्दैछु भनेर देखाउनेछु ।” 
 

पश्चिमी भारतीय राज्य गुजरातको वदोदरास्थित एउटा मन्दिरमा आगामी ११ जुनको साँझ आयोजना हुने एक परम्परागत हिन्दु परम्परा अनुसार  विन्दुले  आफैसंग विवाह गर्ने तयारी गरेकी छिन् । यस्तो प्रकारको विवाहलाई सोलोगामी भनने गरिन्छ । सम्भवत भारतको पहिलो यो सोलोगामी घटना हुने बताइएको छ ।

विन्दुको यस्तो निर्णयप्रति कुनै विरोध नजनाएका उनको परिवारलगायत उनका साथीभाइ यस ऐतिहासिक विवाह कार्यक्रममा सरिक हुँदैछन् ।

पश्चिमा जगतमा आफैसंग विवाह गर्ने चलन  बढिरहेए पनि पूर्वीय सभ्यतामा  यो प्रचलन छैन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै