नेत्रलाल ज्ञवालीको आत्मालाप

आनन्दराम पौडेल | [email protected]

 जीवनमा कहिल्यै नसोचेको, कल्पनै नगरेको स्थितिमा आइपुग्दा एकप़ल्ट त नेत्रलाल ज्ञवालीको मन नराम्ररी आँत्तिएको थियो। बिस्तारै आफूलाई  सम्हाले र आफ्नै विगत सम्झन थाले। पर्दामा चलचित्रका दृश्यहरू आएसरी विगतका दृश्यहरू झलझलि आउनथाले। सत्यावती गाउँपालिका -४ (गुल़्मी ) मा वितेका बाल्यकाल र किशोरावस्था सम्झे। 

खेतिपाति गरेर खानलाउन पुग्ने नै अवस्था हो। पढाईमा कमजोर बिद्यार्थि थिइन। सँगै पढ्ने कतिपय बिद्यार्थीलाइ अङ्ग्रेजी गाह्रो लाग्थ्यो, तर मलाइ कहिल्यै गाह्रो लागेन। स्कूल, कलेज र युनिभर्सिटीसम्म सरासर पढेर अङ्ग्रेजी साहित्यमा एमए पास गरें। बिडम्बना के भयोभने जब पाइएन। कलेजतिर सम्पर्क गर्दा लिङ्ग्विस्टिकमा एमए गरेको खोज्दोरहेछ। पुन अङ्ग्रेजी लिङ्ग्विस्टिक क्लास ज्वाइन गरेर लिङ्ग्विस्टिकमा एमए गरें। त्यस्पछि जनमैत्री कलेज, कुलेश्वरमा पार्टटाइम जब पाएँ। यो पार्टटाइमको तलबले काठमाडौंमा गुजारा चलाउन हम्मेहम्मे नै पर्यो।

एकदिन कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट सँगैको नेवारी खाजाघरमा खाजा खान पसेको थिएँ। त्यो खाजाघरकी साहुनीसँग सम्बाद पनि भयो। तिनी भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ रहिछन्। जिउडाल मिलेको आकर्षक थिइन्।

सम्बादमा उनको र मेरो टोन मिलेकोले त्यहाँ पटक(पटक जान थालें। पटकपटकका भेटघाटपछि अन्तरङ्ग कुराकानि हुनथाल्यो। कुरा मिल्दैगएकोले मपनि उनीसँगै त्यहीं बस्नथालें।

टन्न पैसा कमाउने बिषयमा सल्लाह हुँदा खाजासँगै यौनधन्दा पनि चलाउने निर्णयमा पुग्यौं। उर्मिलाले अब्यवस्थित घरका १६ १७ बर्षका किशोरी खोजेर ल्याउँथिन्। ग्राहक चाहीं मैले खोज्ने गर्थें। युनिभर्सिटी पढ्दा देखिका यौन पिपासुहरूका नाम, फोन नम्बर मसँग थिए। यसरी हाम्रो व्यवसाय  शानदार चलेको थियो।

ती किशोरीहरू कहिलेकाहीं मसँग गुनासो गर्थे। दिनको ५ जनासम्म ग्राहकलाई सन्तुष्ट पार्नुपर्छ र पैसा पनि सबै साहुनीले लिनुहुन्छ भन्थे।

  ती किशोरीहरू माथि भएको अत्याचारको पाप कराए छ। एकदिन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकी चीफ एसएसपी दुर्गा सिंहको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासि छापा मार्यो। म पनि पक्राउ परें र अहिले हिरासतमै छु। हिरासतबाटै यो आत्मालाप लेखिरहेको छु।

मेरो परिवार, नाताकुटुम्ब र गाउँघरका कसैलार्ई पनि मेरो यो स्थिति नबताइदिनु होला।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै