काठमाडौं:छोरीलाई सही संस्कार, समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश दिने गरी गर्ने'छोरी'री शीर्षकको म्युजिक भिडियो सहितको गीत सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्टले भर्खरै सार्वजनिक गरेको हो ।
शिव पलाँसको शब्दलाई रमेश कडरियाले संगीत गरेका छन् भने भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी रुक्सना लिम्बु र अनुजा कडरियाले आवाज भरेका छन् ।
उक्त गीतमा रयापर क्यानोपसको पनि आवाज छ । यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स , आस्मा विश्वकर्मा, रमेश कडरिया, युनिका कडरियाका साथै गायिकाद्वय लिम्बु र कडरियाको पनि अभिनय देख्न पाइन्छ ।
सरोज अधिकारीको भिडियो निर्देशनमा निमबाबु तामाङले गीतमाथि कोरियोग्राफी गरेका छन् ।
रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामुलक गीत 'कठोर' ल्याईसकेका छन् ।
प्रतिक्रिया थप्नुहोस्