अर्चना श्रेष्ठ जोशी
बीस वर्ष अगाडि म क्याम्पस पढ्नको लागि जापान आउने तयारिमा थिए। जापान नेपाल भन्दा धेरै नै विकसित देश हो। म जापान आउनु भन्दा अगाडि जापानका ठूलाठूला घर, २४ घण्टा बलिरहने वत्तीहरु , चौडा सडकहरु, तीब्र गतिमा गुड्ने रेल र गाडिका कुराहरु सुन्थे। त्यतिबेला जापानीहरु हामी जस्तै मानिस नभएर अनौठा शक्ति भएका प्राणि हुन कि जस्तो पनि भान हुन्थ्यो । तथापि मैले नेपालमा रहदाँ पनि केही जापानीहरुलाई भेट्ने मौका त पाएकी थिएँ। यस्तै सोचहरु सोच्दै म कलेजमा पढ्नकोलागि जापान आएँ । र जापानीहरुसंग राम्रोसंग घुलमिल हुने मौका पाएँ । तब उनीहरु पनि हामी जस्तै दुःखमा दुःखी हुने, सुखमा हाँस्ने, माया गर्ने, झगडा गर्ने, नितान्त हामी जस्तै साधारण मानिस नै रहेछ,भन्ने लाग्यो।
जापानीहरु धेरै नै मेहनती रहेछन । दोस्रो विश्व युद्धमा पराजित भए पछि धेरै नै महेनत गरेर जापानलाई विकसित देशमा परिवर्तन गरेका रहेछन। दोस्रो विश्व युद्धको अनुभव सुन्दा त्यति बेलाको अवश्था साह्रै नै पीडा दायक भएको अनुभव हुन्थ्यो।
हामी नेपालीसंग नैतिक शिक्षा पटक्कै छैन । स्कुलमा मात्र होईन, हिन्दू, बुध्द, क्रिश्चियन, ईस्लाम जुनसुकै धर्ममा किन नहोस नैतिकताका अनेकन पाठहरु हामीले सुनेका र पढेका छौं । तर ती कुराहरु व्यवहारमा ल्याउन चाहँदैनौँ । हामीसंग कानुन पनि छ । सजायको व्यवसथा पनि छ । तर कार्यान्वयन छैन् । त्यसको फाइदा उठाउँदै हामी जंगली जस्तो बनिरहेका छौँ ।
मेहनतका साथसाथै जापानीहरु नैतिकताको शिक्षामा पनि जोड दिँदा रहेछन्। उनीहरु निकै अनुशासित छन् । जापानीहरु अरुलाई दुःख नदिने, अरुको सामान नचलाउने, झुठो नबोल्ने । आवश्यक विषयमा धेरैनै कडा छन। नेपाली हामीहरु भने अरुको बगैंचा, पार्कमा फुलेका फूलहरु कति राम्रा भनेर टिप्ने गर्छौं अनि भन्ने गर्छौं (यी फूलहरु भगवानलाई चढाउनका लागि हुन अथवा आफ्नो घर सजाउनको लागि हुन ! लाज नमानिकन भन्ने गर्छौं।) त्यतिबेला हामी अरु कसैले गरेको मेहनतलाई ध्वस्त पारिदिएका हुन्छौं। अनि पार्क तथा अर्काको बगैंचालाई कुरुप पारिदिएका हुन्छौं। अहिले सम्झिदाँ लाग्छ त्यतिबेला म पनि यसको अपवाद थिइन। सानो हुँदा अर्काको बगैंचा (निचेका अथवा नचिनेका मानिसहरुको बगैंचा)को फूल बगैंचाको मालिकलाई सोध्दै नसोधी टिपीदिन्थें।
जापान आए पछि एकदिन कलेजको गुरुको श्रीमतीसंग साँझ पख कुकुर लिएर डुल्न निस्केका थियौँ। सडक छेउको पाखो जस्तो ठाँउमा सुन्दर फूलहरु फुलिरहेका थिए। झट्ट हेर्दा कसैको बगैंचा अथवा पार्क जस्तो पनि देखिन्दैन थियो। त्यसैले मेलै आहा कस्तो राम्रो फूल भन्दै टिप्नको लागि हात अगाडि बढाएको मात्र के थिएँ ! गूरुआमाले ठूलो स्वरमा हप्काउन्दै भन्नु भयो,-" त्यसरी अर्काले मेहेनत गरेर हुर्काएको फूल नसोधी टिप्नु अपराध हो। तिमीहरुको नेपालमा यसरी अर्काको बगैंचामा फुलेको फूल अथवा पार्कमा फूलेको फुल सम्बन्धित व्यक्तिलाई नसोधी टिप्नु सामान्य कुरा हुन सक्छ । तर जापानमा अपराध हो। सामान ठूलो होस् या सानो, अर्काको सामान नसोधी लिने कार्यलाई चोरी भनिन्छ , जापानमा । र त्यस्तो कार्य गर्ने मानिसलाई चोर भनिन्छ।"
नेपाललाई पनि हामीले विकसित देश जस्तै बनाउन सक्छौँ । त्यसका लागि नैतिक शिक्षालाई प्रभावकारी रुपमा जनतासम्म पुर्याउन जरुरी छ । अनि अनैतिक कार्यहरु गरेमा दण्डित गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागु गर्न ढिला भइसकेको छ ।
गुरुआमाका कुराले मेरो मन हल्लियो। जुनसुकै सामान किन नहोस त्यो सामान कसैलाई थाहा नदिइ लिनु कानुनी रुपमा र नैतिक रुपमा अपराध रहेछ भन्ने बोध भयो। त्यसपछि मैले अर्काको बगैंचा, पार्कको फूल त परै जाओस्, बाटोको छेउ अथवा कान्ला पाखामा फुलेका फूल समेत टिप्न छोडें।
जापान लगायतका विकसित देशहरुमा ठूलाठूला पार्क देखि, बाटोहरु, मलहरु, बिमानसथलमा मौसम अनुसार बिभिन्न फूलहरु फुलाएर सजाइएका हुन्छन्। उन्मुक्त भएर फुलेका सुन्दर फूल, पात, कोपिलालाई कसैले पनि तोडमोड गर्दैनन्। मलाई ती मौसमी फूलका सौन्दर्यलाई आँखाले हेरेर आन्नद लिई मन भरी सजाउने बानी लागिसकेको छ।
गत शिबरात्रीमा पशुपति क्षेत्र भित्र अति नै सुन्दर तरिकाले फूलहरु सजाइएको तस्बिरहरु देखें। त्यति बेला म नेपालमा नभएका कारण पशुपतिमा गएर हेर्न नपाए पनि ईन्टरनेटमा राखिएका तस्बिर हेरेँ । मन अति नै हर्षित भयो । अनि सोचें त्यतिबेला पशुपतिनाथ परिसर कति सुन्दर देखिएको होला ? त्यो मनमोहक दृश्यले पशुपतिमा दर्शन गर्न आएका भक्तजनहरुको मन कति आन्नदित भयो होला?
तर त्यसको भोलिपल्ट समाचारमा सुने पशुपतिमा सजाएइको फूलहरु चोरी हिजो सम्म हेर्दा मनै लोभ्याउने मनमोहक दृश्य रातभरमा कुरुप भइसकेको थियो । आँखाबाट आँसु आयो । फूलको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीहरु बाँदरबाट फुल जोगाउन अनेकन उपाएहरु निकाली रहेका थिए । तर सजाइएका फूलहरु मान्छेहरुबाट धमाधम लुछाचुडी गरिरहदा सुरक्षाकर्मीहरु अवाक भएर हेरिरहेका थिए। सुरक्षाकर्मीहरुले फूल नलिन आग्रह गरिरहँदा, फूल लिने मान्छेले भन्दै थिए,-" के भयो त लिएर, जता राखे नि सुकेरै जाने त हो नि ...!"
कोही भन्दै थिए -"घरमा सजाउनको लागि लिएको...!" ती मानिसहरुमा रत्ति भर पनि लाज र हिनता थिएन।
हामी नेपालीसंग नैतिक शिक्षा पटक्कै छैन । स्कुलमा मात्र होईन, हिन्दू, बुध्द, क्रिश्चियन, ईस्लाम जुनसुकै धर्ममा किन नहोस नैतिकताका अनेकन पाठहरु हामीले सुनेका र पढेका छौं । तर ती कुराहरु व्यवहारमा ल्याउन चाहँदैनौँ । हामीसंग कानुन पनि छ । सजायको व्यवसथा पनि छ । तर कार्यान्वयन छैन् । त्यसको फाइदा उठाउँदै हामी जंगली जस्तो बनिरहेका छौँ ।
राम्रा कुराहरु देख्दा लोभलालच बढ्नु पनि स्वभाविक नै हो। त्यसैले विकसित देशहरुमा पनि, फूलहरु ऩटिप्नु होला भनेर ठाँउठाँउमा लखेर टाँसिएको हुन्छ। अनैतिक कार्यलाई निस्तेज पार्नको लागि हरदम प्रयास गरिन्छ । र मान्छेहरुले फूलहरु टिप्ने, चुँड्ने गर्दैन । तर कसैले यस्तो काम गरेमा कानुनको सहयोग लिएर त्यस्ता व्यक्तिलाई दण्डित गरिन्छ । यसकारण पनि विकसित देशमा सार्वजनिक र अरुको सम्पत्तिमाथि मनलाग्दी गर्ने प्रचलन छैन् ।
नेपाललाई पनि हामीले विकसित देश जस्तै बनाउन सक्छौँ । त्यसका लागि नैतिक शिक्षालाई प्रभावकारी रुपमा जनतासम्म पुर्याउन जरुरी छ । अनि अनैतिक कार्यहरु गरेमा दण्डित गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागु गर्न ढिला भइसकेको छ ।
हामी नेपालीहरुमा पनि नैतिक चेतना आयो भने सार्वजनिक मन्दिर, पार्क, बाटोहरुमा सजाइएका अथवा फुलाइएका फूलहरु लामो समयसम्म टिक्न सक्छन् । र सहर ,बजार,गाउँ वस्ती सुन्दर देखिन सक्छ ।
लेख राम्रो छ जापानका बारेमा थोरै भए पनि जानकारी पाइयो ।
Lekha ramro lagyo.gare k hunna .nepali haru le pani anisashan siknu paryo .
सडक बत्ती चोर्ने देश नेपालमा यस्ता कुरा सम्भव होला? आशा गरम । लेख सान्दर्भिक
कति राम्रो लेख । सकरात्मक साेच
समयमै जापान जानुभएछ । देख्दा नि जापानी जस्तो । नेपाल जापान जस्तो बन्छ भन्नू दिउसो रात पार्नु हो । लेख राम्रो छ ।
Well done...
राम्रो लेख ।
लेख निक्कै राम्रो छ । नेपाल कहिल्यै बन्दैन । समयमै जापान जानू भएछ बधाई
यो कुरा नेपाल को हेला भयो ,aru positive tarika ko khacho cha hami Nepali jaha gayepani Nepal lai down garnu bhayena, bikasit deshko ramro kura yesari lyayeko dekhda Sabai Nepali tyesto hudaina Ra Japanese haru Dherai mehenat garchan Nepali man dekhi Kaam garchan ra Man baliyo banaune tips ko kami lagyo ????
राम्रो लेख । यस्तै लेखहरूलाई स्थान दिनुपर्यो ।