काठमाडौं : नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास 'लू' माथि चलचित्र बन्ने भएको छ । चलचित्र 'लू' को निर्माण क्यारो फिल्म्सले गर्ने भएको हो । उक्त चलचित्रको सूटिंग आउँदो मंसिरबाट हुने भएको छ ।
उपन्यास 'लू' को अधिकार क्यारो फिल्म्सले केही समय अघि लिएको थियो। क्यारो फिल्म्सले चलचित्रका लागि हालै मात्र संगीत निर्देशकका रूपमा कालीप्रसाद बास्कोटालाई आवद्ध गराएको छ ।
'लू' चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया थप्नुहोस्