काठमाडौ : एमबीबीएस र बीडीएस दोस्रो वर्षको ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने माग सहित दुई हप्ता देखि रिले अनसनमा बसेका छन् ।
उनीहरु महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल डिनको कार्यालय अगाडि अनसनमा वसेका हुन ।
परीक्षामा सहभागी नगराए पाँच वर्षसम्मको ५५ देखि ६० लाख रुपैयाँसम्म लिएको शुल्क फिर्ता गर्नु पर्ने बताएका छन् । उनीहरुले त्रिविले दुई वर्षमात्र पढाएर पाँच वर्षको शुल्क असुलेको तर परीक्षामा भागलिने मौका नदिएको बताएका छन् ।
२०० जनाभन्दा बढी विद्यार्थी ब्यारियरमा परे छन् । अनसनमा बसेका विद्यार्थी राजीव दासले त्रिविले आफुहरुमाथि अन्याय गरेको बताउँदै विद्याथीृले तिरेको करिब अर्बभन्दा बढी रकम विद्यार्थीलाई फिर्ता गर्नु पर्ने बताएका छन् ।
अनसनरत विद्यार्थीहरुका चार सूत्रीय मागहरु :
१.ब्यारियरमा परेका एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमका विद्यार्थीहरूको लागि तत्काल मौका परीक्षाको व्यवस्था गर्नुपर्ने ।
२.पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चि।शा।अ।स। महाराजगञ्जबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने
३.नेपालका अरू मेडिकल युनिभर्सिटी अनुरूपको परीक्षाको ढाँचा कायम गर्नुपर्ने ।
४.मौका परीक्षा सञ्चालन गर्न नसकेको खण्डमा पीडित विद्यार्थीहरूबाट असुलेको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने ।
प्रतिक्रिया थप्नुहोस्