काठमाडौंः हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ ।
काठमाडौंमा देखा परेपछि स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।
छानबिन टोलीले हैजाका लक्षण भएका अन्य बिरामी भए नभएको एकिन गर्ने , हैजाको कारण पत्ता लगाउने, लक्षण भएकाहरुले कस्तो खानेकुरा वा खानेपानी सेवन गर्छन् जस्ता कुराहरु अनुगमन गर्ने र नुमना संकलन गर्ने संयोजक अधिकारीले बताए ।
काठमाडौंमा हालसम्म ४ जनामा हैजा पुष्टि भएको छ । बागबजारमा २, भोटेबहाल र डिल्लीबजारमा एक–एक जनामा हैजा देखिएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ।
बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो । बागबजार क्षेत्रको पानी परीक्षण गर्न ल्याबमा पठाएको भन्दै उनले रिपोर्ट आउन बाँकी रहेको बताए ।
प्रतिक्रिया थप्नुहोस्