१० करोड अडियो प्रकरणः न्यायाधीश कोइरालाले काम गर्न नपाउने

छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौंः काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाले काम गर्न नपाउने भएका छन् ।  ‘रकम लेनदेन’ को विवादास्पद टेलिफोन संवाद सार्वजनिक भएसँगै उनले आजबाट ४५ दिन काम गर्न नपाउने भएका हुन् । 

अडियो सार्वजनिक भएपछि आज बोलाइएको न्याय परिषद्को आकस्मिक बैठकले न्यायाधीश कोइरालालाई तत्कालका काम गर्नबाट वञ्चित गर्ने निर्णय गरेको हो।

बैठकले न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको भनिएको संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् । समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

पोखरेल र कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद न्यूज २४ टेलिभिजनले मंगलबार सार्वजनिक गरेको थियो । उक्त अडियो टेपमा पूर्व कोषाध्यक्ष पोखरेलले न्यायाधीश कोइरालालाई सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै त्यसवापत १० करोड दिने प्रस्ताव राखेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै